सौरभको लेखः तथ्य र
अतथ्य
(वि.सं. २०७०)
सौरभको लेख लेख पढ्दा सामान्य त सार्है गम्भीर जस्ता लाग्छन् र चाख लाग्दा
पनि तर उनका भनाइहरूमा शब्दहरूको खेल हुन्छ र तथ्य भनिएकाहरूका आधार हुदैनन् ।
कान्तिपुर दैनिकले छापी दिएकै भरमा ती लेखहरू भरपर्दा अनुसन्धात्मक या
विश्लेषणात्मक हुनु पर्छ भन्ने केही छैन र न उनकाजस्ता उपमा र उदाहरणलाई मान्ने हो
भने म बबुरो नेपालको दाहाल (DAHAL) ले स्विडेनको दाह्ल (DAHL) बनेर त्यहाँको एउटा पुरानो जातिको प्रतिनिधित्व गर्नु पर्ने हुन्छ । कुनै दिन उनले नेपालको नाम इटलीको
नेपल्सबाट या नेपल्सको नाम नेपालबाट भएको हो भने भने आश्चर्य नमाने हुन्छ । भनी दिनु न हो । भनी दिदैमा प्रमाण दिई रहनु या
कसैको तोरीबारी फाँड्नु पर्दैन ।
कान्तिपुर दैनिकमा सौरभका लेख छापिने गरेका समयदेखिका सबै लेख हेर्ने हो भने
उनी राजावादी भएकोमा शंका छैन र उनले सबै भन्दा बढी गाली गरिने नेपाली कांग्रेस हो
। पत्रिकाको ग्राहक बनेको खण्डमा एक
धार्नी सुन पाइने आशा देखाउने राष्ट्रिय भनिएका दैनिकका विज्ञापनजस्तै - चित्त
नदुखोस् पत्रिकाहरूसँग सम्बन्धित मेरा फलोअर्सहरूको - एक पल्ट खगेन्द्र संग्रौला र
अर्को पटक सौरभजस्तालाई ओछ्याएर तथ्य र अतथ्यको खेती गर्नु पत्रकारिता हुन थालेको
छ । त्यसमा पनि माओवादीको त दोषै नदेख्ने युग पाठक थपी दिएपछि अचुक रंगशाला नै
बन्छ गैर्ह राजावादी र गैर्ह-मओवादीलाई हिलो छ्याप्न ।
मेरा एउटा मित्र भन्छन् - "स्कन्दपुराणका दक्ष प्रजापति भनेका ठिमी या
असनतिरका प्रजापतिहरूका पुर्खा हुन ।" प्रमाण के ? भनेर कसैले सोध्यो भने भनी
दिन्छन् - "थर मिली सक्यो त्योभन्दा ठुलो प्रमाण के चाहियो ?" सौरभलाई त
त्यति प्रमाण पनि चाहिदैन । उनले त बोन शब्दलाई मगरको निम्ति पुन बनाई दिए, तामाङ
ब्लोन र बोम्जन भए । छन्त्यालको भलन्जा र गुरुङको पलन्जा, थाकालीको भ्लाम्तन र भ्लेन्तन, लिम्बूको पान्दाक, थारूको बान्तर बनाई दिए । भाषाको यस्तो दुरुपयोग थुप्रे
छन् उनका लेखमा । कुनै दिन उनले आहालमा बसेर सातु खाएकोले सत्याल भएको हो भने भने
पनि अचम्म नमाने हुन्छ ।
अतथ्यलाई तथ्यसँग मिसाएर अतथ्यलाई तथ्य बनाउने
प्रयास हुन्छ सौरभको । विद्वान हुन सौरभ तर उनको विद्वत्ताको दुरुपयोग सौरभ आफैँ
पनि गर्छन् र अरूलाई पनि गर्न खुला छोड्छन् । उनको लेख 'अक्ष षः एक उदारहरण' मा
कुनै तुक छैन । उनको लेख उही पुरानो बटाराइ शैलीको लेख हो, अर्थ न वर्थ भाषा
चपाइको एउटा नया रूप हो र नेपाली कांग्रेसलाई गाली गर्न तयार गरिएको एउटा विद्वत
पर्चा हो । आवश्यक थियो त्यो कान्तिपुर दैनिकलाई, छापी दियो । भोलि नेकपा एमालेलाई
गाली गरेर खगेन्द्र संग्रौलाको कुनै लेख छापियो भने अचम्म नमाने हुन्छ या दुवैलाई
होच्याएर लेखेको युग पाठक या हरि रोकाको लेख छापिए पनि नौलो हुने छैन ।
सोच एउटा पत्रकारको
(वि.सं.२०६१)
कुकुरले कुकुरको मासु खादैन। यो भनाइ शायद
पत्रकारहरूको लागि मात्र लागु हुन्छ होला किनकि सबै पेशाका मानिसहरूले एक आपसलाई
आक्रमण गरिरहेका देखिन्छन तर आक्रमण गर्न कसैलाई नछोडने पत्रकारहरू आफ्ना
सहधर्मी पत्रकारहरूलाई आक्रमण गरेको भने
बिरलै पाइन्छ। अरु माथि एउटा सानो खतबातको निम्ति पनि सिया र छुरा जस्ता कलम लिएर
खनिन सक्ने पत्रकाररू आफ्ना सहधर्मीप्रति सात खत माफको अवधारणा राख्दछन। यो
पत्रकारहरूको व्यवशायिक नैतिकता हो वा पक्षपातपूर्ण रवैया , त्यो छुट्याउने काम पत्रकारकै
जिम्मा छोडिदिऊँ।
थालनी धेरै अगाडिबाट नगरौं।
नेपाली कांग्रेस दुई टुक्रा पारिदाको नाटकमा खलनायक
शेरबहादुर देउवालाई महानायकको दर्जामा उभ्याउने पत्रकार सौरभ राजाले असक्षमको पगरी
गुताएको भोलिपल्ट देखि नै देउवाको नाम लिए जात जान्छ भने झैं गर्नथाले। देउवाको
कार्यलाई अनैतिक, अराजनैतिक र सत्ताको दुरूपयोग भनेर गालीगर्ने पत्रकारहरू त थुप्रै निस्किए तर
सौरभ र सो सरहका पत्रकारहरूलाई आरोप लगाउने पत्रकारहरू एउटा पनि देखापरेन।
सौरभको कुनै पनि लेखको एउटै मात्र लक्ष गिरिजा कोइरालालाई
गाली गर्नुमा सीमित हुन्छ। कुनै पनि लेखमा, कुनै पनि विवेचनामा सकारात्मक
विश्लेषण र समस्या समाधानका सुझाव हुदैनन तैपनि पत्रकार वन्धुहरूले ठूलो
प्राथमिकता साथ प्रकाशित गरेका हुन्छन। यस हुनुको कारण लेखको विशेषता भन्दा
पत्रिकाको बिक्रीलाई बढी ध्यान दिइने हुनाले या अरु लेख नपाएर पनि होला। पत्रिका
बिक्रीको निम्ति पंचायत कालमा यस्ता गालीगलौज र बदनामीका पीत पत्रकारिता प्रशस्त
गरिने गरिन्थ्यो। दुई दशक अगाडि सूर्य बहादुर थापा प्रधान मन्त्री भएको समयमा एक
दिन एउटा पत्रिका बेच्ने केटो ' सूर्य बहादुर थापाले बलत्कार गरे ' भनेर चिच्याई चिच्याई पत्रिका
बेचिरहेको थियो र सबै पत्रिका किन्न हारालुछ गरिरहेका थिए। पत्रिका टाउकामा
छापिएको त्यो समाचार चार महिना अगाडि देशको कही कुनै कुनामा सूर्य बहादुर थापा
भन्ने कुनै एउटा व्यक्तिले बलत्कार गरेकोमा कसैले त्यसमा गाउँ पंचायतमा उजुरी
दिएको समाचार रहेछ। ' यस्तो पितपत्रकारिता किन?' भनेर सोध्नेलाई प्रकाशक सम्पादकको छोटो उत्तर थियो ―'हामीले पनि त कमाइ गरी
खानु पर्यो , नत्र पत्रिका बिक्दैन।'
सौरभका गालीहरू प्रथमतः गिरिजामा त्यसपछि नेपाली
कांग्रेसमा सीमित हुन्छन तर ती गाली सैद्धान्तिक विमतिमा आधारित हुदैनन। उनको
रोषमा गिरिजाको शाशन शैली भन्दा पनि शायद आफू भन्दा कम शिक्षित गिरिजाको शाशनमा
बस्नुको चित्तदुखाइ बढी देखिन्छ। विद्वान इन्जिनियर दीपक ज्ञवाली , डा. असर्फी साह या डा.
उपेन्द्र देवकोटाको मन्त्रित्वले सौरभको त्यो चित्तदुखाइलाई अवश्य पनि कम गराएको
हुनु पर्छ।
सौरभको विद्यार्जन कति छ? त्यो मलाई थाहा छैन तर उनको
अभिव्यक्ति र भाषशैलीले अवश्य नै पनि वहाँ विद्वान व्राहमण हो भन्ने मलाई लाग्दछ
किनकि नेपाली भाषामा विद्वत साहित्यिक शैलीमा गालीको प्रयोग विद्वान बाहुनबाट
मात्र सम्भव छ। उनको तर्क र नेपाली कांग्रेस र कोइरालाप्रतिको पूर्वाग्रह ती
अभिजात्यहरूको जस्तो छ जो श्री ५ र श्री ३ का दरवारमा गुरु , पुरोहित , हुक्के, बैठकेहरूको राजाको
गाथगद्दी ताक्ने र गद्दी खोस्ने नेपाली कांग्रेस र कोइरालाहरूप्रति २००७ साल देखि
नै थियो र छ। उनको सोच टेक्सासका ती कट्टर गोराहरूसँग ठ्याम्मै मिल्छ जो दाशतामा
बसेका कालाहरूका अल्पशिक्षित सन्तानले शाशन गर्न पाउनु अपराध ठान्दछन अन्यथा
गिरिजा कोइरालाप्रतिको त्यो पूर्वाग्रह व्यक्तिगत या पारिवारिक घृणा नभइ निस्कन
सक्दैन।
सौरभले मैले सुरुमा नै उद्धरण गरेको उक्तिलाई खण्डन
गरेकाछन। पत्रकारले प्रेसको आलोचना गरेर। तर त्यो आलोचना सकारात्मक नभएर नकारात्मक
भएको छ। आलोचनात्मक दृष्टिले उनीले राजदरवार हत्याकाण्डलाई सही ठहर्याएका छन र
आफ्नै तर्कको लागि हत्याराहरूलाई देश बचाउने बीरहरूको पंक्तीमा उभ्याउने जमर्को
गरेका छन। चन्द्र शमशेरका भाटहरूले पनि देव शमशेरलाई भन्नु पर्दा सौरभले राजा
विरेन्द्रलाई भने जति त अवश्य नै भनेनन होला। अरु पत्रकारलाई गाली त गरियो तर केको
सुविधाको निम्ति? त्यो पनि सौरभ आफैंबाट नै विस्तारै प्रस्टिदै जानु आवश्यक भएकोछ। कुनै पनि
पत्रकारले कुनै पनि विषय वस्तुमा आफ्ना विचारलाई पाठक समक्ष पस्कदा आफ्नो राजनैतिक
आस्था आफूले थाहै नपाई तेर्स्याइराखेको हुन्छ र सौरभको विचार पनि प्रजातन्त्र कि अधिनायकवादतिर भन्ने
छुट्टिएकोछ। उनको सोचाई ' अस्तिसम्म हाम्रो छिडीमा बसेर पढथ्यो अहिले सचिव भएँ भनेर
हामीलाई हेर्दैन ' भनेर आफ्नो अगाडि बाट गएको सचिवलाई देखाउदै आफू जस्तै बेकार जमात बिचमा
चौबाटोमा फुइँ हाक्ने दरवारको चाकडीमा आफ्नो जीवन बिताएका पुराना अभिजात्य
बाजेका नातिको समान देखिएको छ।
छन गिरिजाका दोषहरू थुप्रै नै र यी दोषहरू सामान्य
मानिसका भन्दा ठूला नै छन तर त्यसको निम्ति प्रजातन्त्र पटक्कै दोषी छैन। उनका
दोषलाई राजामहाराजाका दोषलाई झैं छापाहरूले छर्न नपाउने भए उनी काँचो सुन भन्दा कम
निख्खर हुने थिएनन। उनीले सत्ता सभाल्दा राजालाई मात्र मान्ने पंचायती प्रशाशन
यन्त्र थियो। आफ्नो सुविधाको निम्ति मात्र संविधान मान्ने र आफूलाई आजका माओवादी
भन्दा उग्र वाम ठान्नेप्रतिपक्ष थियो। अझ 'बाहुनको हुकुम पनि राजाको सिपाहीले मान्छ?' भन्ने सैनिक भए पछि
सौरभले कसबाट आशा राखेका हुन। हिजो होलेरीबाट सेना माओवादीसँग हात मिलाएर नफकेैको
भए देशमा अर्कै परिस्थिति पनि त बन्न सक्थ्यो।
प्रशाशन राजावादी छ। सौरभ झैं मेरो पनि सहमति छ
यसमा। अहिलेको प्रशाशन प्रजातन्त्रले बनाए हुर्काएको होइन। यो प्रशाशनमा
प्रजातान्त्रिक आस्था र विश्वाश त छदैछैन। यो प्रशाशन राजाको जयगान गाउन पंचायतले
तालिम दिएको प्रशाशन हो र यसका निर्णयहरू पंचायत अनुरूप हुने गर्दछन। निर्वाचन आयोग
विशेष गरेर प्रमुख आयुक्तको नेपाली कांग्रेसप्रति जुन पूर्वाग्रह देखियो त्यसले त
एउटै कुरा मात्र प्रमाणित गर्छ कि राजाको सुदृष्टि परेकोछ भन्ने बुझे भने शेर
बहादुर देउवा त केर् पनि गिरिजाका हातबाट
नेपाली कांग्रेस खोसेर जनताले नाम नै नसुनेको भजन रामको हातमा राखिदिने रहेछन।
त्यो प्रशशनमा बसेर जति काम गरे गिरिजाले त्यही परिस्थितिमा अरुलाई अझ गाहारो हुने
थियो।
गल्ती गरेका छन गिरिजाले। आजका असक्षम र भ्रष्ट
ठानिएका व्यक्तिहरूलाई लिएर उनले शाशन व्यवस्था चलाए। शेर बहादुर देउवा देखि
गोविन्द राज जोशीसम्मको भ्रष्ट जमातलाई उनले चिन्न सकेनन र अझै पनि चिन्न सकेका
छैनन । गिरिजा सक्षम छैनन त अर्को विकल्प
देउवा ठान्ने सौरभको जमर्को जसरी पूर्णतः गलत थियो त्यसरी नै प्रजातन्त्रको विकल्प
अधिनायकवाद ठान्ने सोच पनि सोचको विकृत रूप हो।
गिरिजाको चेत फिर्ला या गिरिजा फेरि सत्तामा नै नआउन
सक्लान तर जोे सत्तामा आउछ उसले गिरिजाको नियतिलाई अवश्य हेर्नेछ। गिरिजा असफल भए
तर पनि गिरिजा अझै पनि प्रजातन्त्रको पर्याय भएकाछन। जतिसुकै वाजिद अलि शाहसँग
तुलना गरिए पनि सौरभ जस्ता भजन गायकहरूले जतिसुकै होच्याए पनि नेपाली राजाहरूले
जनताका आँखामा राजा विरेन्द्रको उचाइमा पुग्न अर्को दश पुस्ता कुर्नपर्नेछ। मानिस
उचाइ उसको बलिदान र त्यागले निर्माण गर्छ र राजा विरेन्द्रको त्याग राजा शिवीको
दानले पनि छुन सक्दैन। त्यसैले सन्तको मुखमा धुलो छर्ने काम दुर्जनता हो। सौरभ
जस्ता विद्वानले यो कुरा नबुझेको अवश्य पनि छैन।
दुई स्तम्भकारबारे मेरो धारणा
(वि.सं. २०५९)
नेपालका दैनिकह1रूमा दुई स्थापित स्तम्भकारह1रूका लेखह1रू बराबर आइरहन्छन् - शिव अधिकारी र सौरभ।
उनीह1रूका
कुरामा धेरै गहिराई हुन्छ, सार हुने गर्दछ र तिक्तता र व्यंग्य समेत भरिएको हुन्छ। अझ
कति समेत भने कहिले कहीं त अरुले आ मुख बाउन आँट नगर्ने कुरा पनि यिनीह1रू फ्याट्ट भनिदिन्छन।
उनीह1रूको
भाषाले उच्च स्तरिय पाँडेगालीको प्रयोग
गर्न समेत हिच्किचाउदैन। यी दुईका विचारधारामा अन्तर पनि छ। शिव अधिकारी,
प्रदीप नेपालको
स्तरमा न सही, 'पत्रकारले दलिय आस्था राखेर दलमा भाग लिनुहुन्छ' भनिठान्छन् भने सैौरभ आफूलाई
दलविहिन पत्रकार मान्दछन। त्यसैले उनीह1रूका लेखमा उनीह1रूका विचार विपरित भएर बारम्बार
देखा पर्दछन।
व्यक्तिगत रूपमा मेरो चिनापर्ची शिव अधिकारी र सौरभ
दुवैसँग छैन। अझ मैले उनीह1रूलार्इृ फोटोमा बाहेक देखेको पनि छैन र उनीह1रूको जन्म र पालन कुन
आर्थिक र राजनैतिक तप्कामा भएको हो त्यो पनि मेरो चासोको विषय भएको छैन। मेरो
राजनैतिक चिन्तनको आधारले पनि उनीह1रू सँग मेरो कुनै सामिप्य वा दूरी छैन। म सँग उनीह1रूको नाता एउटा पाठक र
स्तम्भकारको भन्दा अर्को कुनै छदै छैन तैपनि उनीह1रूका लेखले मलाई नेपालको
राजनितिको वर्तमान स्थिति आँकलन गर्न भने मदत दिएको छ।
पत्रकार अझ स्तम्भकार समाजको एउटा सचेत र सजग वर्ग
हो। यो त कुनै सन्देहको विषय होइन। उसको लेखले कुनै न कुनै एउटा विचार
धाराकोप्रतिनिधित्व गरेकैहुन्छ। जतिसुकै 'पक्ष लिन्न' भने पनि उसले एउटा न एउटा सोचलाई प्राथमिकता दिन
करै लाग्छ। बिना विचारधाराको राजनैतिक लेख बन्न सक्दैन, बन्छ त केटाकेटीको निम्ति 'परीको कथा' मात्रै।
१९ मंसिरको 'राजधानी दैनिक' मा सौरभको एउटा लेख छापिएको छ।
लेख र त्यसको मुख्य विषय सधैं झैं आजका
स्थापित नेताह1रूको विशेष गरेर नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाको नेतृत्व सारै
नपचेको देखिन्छ। 'महत र बाँस्तोला जस्ताले पनि आइ. ए. समेत पास नगरेका अझ स्कुलको अनुहार समेत
नगएकाह1रूलाई
नेता मानीरहने हो भने
तिनीह1रूको
पनि यहाँ अर्थ छैन' को भनाइ गिरिजा नेतृत्वलाई अस्विकार गर्न माग गरिएको स्पष्ट हुन्छ। सौरभले
जतिसुकै आफूलाई गैह्रराजनितिक प्रस्तुतगरे पनि उनले यसमा स्थापित नेताह1रूको चरित्र, व्यवहार या विचारको
विरोध देखाएका छन। उनको ठूलो विरोध भारतिय नेताह1रूको, खास गरेर चन्द्रशेखरको, नेपालको राजनितिमा देखिएको
प्रभावले जन्मिएको हुन सक्छ किनकि यो विषय वस्तुलाई उनी कैयौं सन्दर्भमा
उठाइरहन्छन। २८ कार्तिकको उनको 'राजधानी' को नै लेख पढने हो भने त उनी सबै राजनैतिक दलह1रूको विरुद्धमा
देखिन्छन। गिरिजा विरुद्ध कांग्रेस विभाजनको समयमा उनीले गिरिजा विरोेधको मसिहा
ठानेको शेर बहादुर देउवा नालायक र असक्षम भनिए पछि यदाकदा प्रदीप गिरी र
विमलेन्द्र निधीको नाम लिएर कांग्रसी नेतालाई गाली गर्ने काम पनि गरिरहेका देखिन्छन। शेषनागले झैं चन्दको दुर्गुण बखानेर
पनि चन्द सरकारमा आशा राख्नाले चन्द सरकारबाट होइन राजाबाट आशा राखेको देखिन्छ। २८
कार्तिकको लेखमा नै युरोपिय देशका राजसत्ताको बयान गरेर उनीले राजाको प्रत्यक्ष
शाशनलाई समर्थन गरेका पनि छन। नेपाली भाषका गुरु (नरहरि आचार्य?ं) ले संविधान सभाको
कुरो उठाएकोमा पनि आपत्ति देखिन्छ उनको। शायद राजनितिशास्त्री, राजनेता, राजकुमार, राजपरिवार या राजाले
मात्र संविधान सभाको कुरा उठाउनु पर्छ भनिठान्छन उनी। यसको कारण उनको चिन्तन
राजावादी हुनु हो भन्ने निष्कर्ष निस्कन्छ र उनको सोच राजाको प्रत्यक्ष शाशनलाई
समर्थन गर्दछ। सक्रिय राजावादले गरेको गल्तीको निम्ति राजा या राजसंस्था आलोच्य हुन्छ कि हुदैन त्यस बारे भने सौरभ
जहिले पनि मौन रहेको पाइन्छ।
शिव अधिकारी पनि सौरभ जत्तिकै खरो विचारको धारणा
राख्दछन। उनी राजावादको पटक्कै समर्थन गर्दैनन। सौरभको विचारको ठिक विपरित उनी
कांग्रेस र गिरिजाका पक्का समर्थक हुन। गालीगर्नु पर्दा छुच्चो मुखले मनमोहन
अधिकारी र कृष्ण प्रसाद भट्टराईलाई समेत पाँडेगाली गर्न बाँकी राखेका छैनन।
छुटि्टएर जाने शेर बहादुर देउवालाई त उनीले हुर्मतसम्म लिन बाँकी राखेनन। उनी
कोइराला परिवारलाई प्रजातन्त्रको पर्याय ठान्दछन। त्यसैले एउटै गिरिजा कोइरालामा
दुई विद्वानले विपरित रूप देख्नु नेतृत्वको अनौठो 1रूप पनि हो। ४ मंसिरकै 'राजधानी दैनिक' को अर्को लेखमा उनले
हालको मन्त्रीपरिषदलाई भुरे-टाकुरे र हुक्के-बैठकेह1रूको जमातको संज्ञा दिएर राजाको सक्रियतालाई
अस्विकार गरेका छन। उनी जतिसुकै कठिन परिस्थिति भए पनि सक्रिय राजतन्त्रको
विपक्षमा देखिन्छन। उनको वाम समर्थन त कुनै पनि लेखमा देखिएको थिएन तैपनि अहिलेका
लेखमा भने कांग्रेस-वाम मोर्चाका पक्षमा देखिएका छन। मंसिर १८ को राजधानीमा उनको यस्तै अभिमत
देखिन्छ।
सौरभ जसरी दल र गिरिजाका विरुद्धमा खनिन्छन त्यसरी
नै शिव अधिकारी सक्रिय राजावाद माथि जाइलाग्छन। 'सक्रिय नेतृत्व नै गरिहिडने हो
भने राजा पनि रहिरहदैनन, जनता राजाको विरोधमा निस्कन्छन' भन्छन शिव अधिकारी। उनको १८
मंसिरको लेखले जहींतहीं यही कुरा दर्शाउछ। उनी नेपाली कांग्रेस र गिरिजाको
समर्थनलाई व्यक्ति र दलको समर्थन भन्दा प्रजातन्त्रको समर्थन मान्दछन र सक्रिय
राजावादको विरोध पनि त्यही प्रजातन्त्रको समर्थन एउटा भाग ठान्दछन। उनका लेखले
यिनै कुरा दर्शाउछन।
सौरभ र शिव अधिकारी यी दुई विद्वानह1रूले आफ्नो विश्वाशलाई
प्रमाणित गर्न आफ्नो भाषिक ज्ञानको र शब्द
शीपको ठूलो प्रयोग गरिरहेका हुन्छन। बोलचालको भाषामा उनीह1रू कसरी प्रस्तुत हुन्छन त्यो
भने अनुभव छैन तर जे होस नचिनिकनै पनि उनीहरूप्रति सन्मान छ मेरो।
२० मंसिर २०५९
No comments:
Post a Comment