स्वर्गको
यात्रा
म
स्वर्गको दलाल भन्दै अचम्मको जीव आयो,
बखान गरी
दियो स्वर्गको र चाहेको पाइने नन्दन वनको ।
पत्याए
सबैले, सोधेन कसैले
"के
साँचै ऊ स्वर्गबाटै आयो ?
"स्वर्ग
जाने बाटो खनौँ" -जबरजस्ती नारा लायो
धर्तीको
माटो छोई तन्देरीको वाचा पायो
"नन्दनवन
अनि कल्पतरु" पाइने मन्त्र पढायो
बेलुनाकार
आशा सबैमा झनझन पुक्क फूलायो ।
"भएको
नभत्काऊ बरू मर्मत गर्दै जाऊ" -
के बोलेथे
बुढा बाजे नाति उफ्रदै आयो ।
"खुम्रे
बुढा तिम्रा कुरा उहिले नै खुईले
गर्ने भए
खन्ने थियौ यही बाटो पहिले
हामीले
थालेपछि खुट्टा तान्छौ अहिले
थोत्रो
बाटो नभत्काई नया बन्छ कहिले ?"
बिक्न
सकेन बुढाको बोली
कसैले पनि
मिलाएन लोली ।
नया बाटो
निर्माण भन्दै पुरानै भत्कदै गयो
नया बन्न
त यसै बनेन न पुरानो नै रह्यो ।
रङ्ग फेर्यो
दलालले - "यो बाटो यही नै तुरौँ
यिनै ढुंगाले बरू नहुने हाम्रै घरको जग पुरौँ
।"
जो जसले
जति सक्यो त्यति त्यति नै उठायो
ठुला ठुला
सबै ढुंगा दलालको जगमा पर्यो
बुढाको
त्यो बिचरो नाति बाटैमा वैतर्णी तर्यो ।
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०६९ माघ
२५
No comments:
Post a Comment