विचित्रको छ मेरो
टोल
काष्ठमण्डपको सत्र
किलोमिटर टाडा मेरो गाउँले टोल
आफूलाई सहरिया दावी
गर्छ र
ऊभन्दा सात किलोमिटर
परकोलाई
'पाखे' र 'गाउँले'
भन्दै हेला गर्छ ।
"ताजा दुध खानु
पर्छ" भन्दै गाई पाल्छ मेरो टोल
धुलौटे सडकमा गाई
लखेट्छ र
थकाइ मार्ने सहरिया
पारामा
एक गिलास चिया तान्न
भ्याउछ
"पढेलेखेका
मुर्ख र स्वार्थी हुन्छन्" भन्दै
हावादारी कथा सुनाउन
पाउछ ।
आठफुटे गल्लीलाई 'सडक'
भन्छ मेरो टोल
सडकमा टाँसेर दरबार
हाँक्छ
आफूले जमीन छोडेन त
के भयो ?
छिमेकी बारीको माटो
ताक्छ
छतको बोरामा त्यही
माटो भरेर
तरकारी खाने आशा
राख्छ ।
मरेको कुकुर खोला
किनारा फ्याक्छ मेरो टोल
त्यही नजिकै खसी
काटी भाग लाग्छ
हड्डीको आशामा एक
हुल कुकुर एकातिर
मासुको भाग लिन मेरा
टोले अर्कोतिर
ताजा हड्डी र ताजा
मासुको लागि
तानातान र लुछाचुँडी
हुन्छ दुवैतिर ।
डेढ हात गहिरोमा दुई
हात जग खन्छ मेरो टोल
करङजस्ता डण्डी
देखाई 'बलिया छन्' भन्छ
र पाहुना आउदा धाक
पनि दिन्छ -
"पाँचतले घर यो
मेरो पिलरमा अडेको छ
रङ र बुट्टा नै, हेर
न, कति धेरै भरेको छ ।"
सडक मिचेर मन्दीर
बनाउछ मेरो टोल
साझा सम्पत्ती ऊ सबै
आफ्नै ठान्छ
अर्काले फूलाएको
फूलको थुँगा
अप्ठ्यारो नमानी
चुँड्न जान्छ
कसैले 'हुदैन' भनोस्
मात्रै
'पापी' र 'नास्तिक'
भन्दै उसको सातो खान्छ ।
खुलानालामा मलमुत्र
बग्छ मेरो टोलमा
झिँगा त्यही आफ्नो
घर बसाउछन्
दुई मिटर परको खुला
मासु र माछा पसलमा
माइत मावल झैँ झिँगाहरू
धाउछन्;
एक लत्को सिँगान
नालापारी फाल्छ पसले साहु
दौराको फेरले हात
सफा पार्छ
त्यही हातले मासु
समाएर
आधा गर्छ टुक्रा
पार्छ
आपत्ती छैन कसैलाई
पनि
सबैलाई मासु किन्नमा
नै हतार छ ।
आफ्नो चोरिए चोरिएको
ठान्छ मेरो टोल
अर्काको चोरिए 'लिनेको
भुल' भन्छ
बाटोमा केही भेटियो
भने
'कस्को ?' भनी
सोध्दैन ऊ
भेटेकोमा आफ्नो हक
ठान्छ
सरासर उसको खल्तिमा
जान्छ ।
मेरो टोलको आफ्नै
नियम छ
धारणा पनि उसको
आफ्नै छ
त्यसैले पनि ठान्दछ
ऊ -
ऊ जति विज्ञ कोही
होइन
ऊ जति सन्त अर्को
छैन र
अरूलाई गन्दै गन्दैन
।
नैतिकताको भाषण
दिन्छ मेरो टोल
आफूलाई चरित्रवान र
अरू सबै नैतिकहीन ठान्छ
'स्वर्ग नै हो' भन्छ
मेरो टोललाई
र आफूलाई इन्द्र नै
मान्छ
विचित्रको छ मेरो
टोल
यसको त आफ्नै इज्जत
र सान छ ।
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख ४
No comments:
Post a Comment