दिन शुभकामनाको
कति नमिल्दो छ यो
हाम्रो वर्ष ?
सिङ्गै चौथाइ दिन
फोसामा पाउछौँ
न काट्न मिल्छ
त्यसलाई,
न त्यसलाई भाग नै लगाउछौँ
।
तैपनि बाठा छौँ हामी
-
आफूलाई पायक पर्यो
कि
कहिले ऋतु पो त
भन्दै छप्क्याउछौँ,
कहिले महिना भन्दै टुक्र्याउछौँ
।
अल्छ्याइँ गरी धर्तीले
घुम्न त्यो सूर्यको कक्षमा
संगम नहुने भएपछि
त्यो प्रेमीसँग,
आफै फन्को मार्न पनि
ढिलाई गरी;
आशेराँड झैँ हेरेर
मात्र बाँच्नु पर्दा
आफैलाई अलमस्त बनाई
।
तैपनि हामी बाठा छौँ
शीतका दिन हामी
घाममा सुत्न भ्याउछौँ
वसन्तमा बन्द र
हडतालमा रमाउछौँ
जात्राका ऋतु र
यात्राका मस्ती
रमाइलोसँग भोग गर्न
पाउछौँ
र नकच्चरो पोइले
कुरो लुकाए जस्तै
वर्षेनी एक चौथाइ
दिन लुकाउन पनि भ्याउछौँ ।
कति नमिल्दो छ यो
हाम्रो वर्ष ?
वर्षै पिच्छे हामी
यसलाई पाउछौँ
आफ्नो कथा सधैँ झैँ
दोहोर्याउछौँ
आफ्ना व्यथा फेरि
पनि लुकाउछौँ
आफ्ना दिन शुभ नभए
पनि
सबैलाई शुभकामना दिन
भ्याउछौँ ।
कति नमिल्दो छ यो
हाम्रो वर्ष ? कति नमिल्दो छ ?
No comments:
Post a Comment