भविष्यका बच्चा
विज्ञानले इतिहास रच्दै जादो रहेछ । पुराणमा हामीले
सुन्थ्यौ गोकर्ण गाईको गर्भबाट जन्मिएका हुन् । कुनै पनि व्यास वा पण्डितपुरुषले
त्यसलाई इन्कार गरेनन् । द्रोणाचार्य द्रोणपात्रबाट जन्मिए । उनलाई जन्म दिने
द्रोणपात्रलाई गर्भाशय मान्ने ठाउँ छैन । बिनाकारण नै राजा इल रूपवति इलामा परिणत
भए । एडमको करङबाट इभ जन्मिइन् । न बाबु चाहियो न आमा । सुन्यौँ हामीले तर पत्याउन
गाहारो तर पत्याउन गाहारो परेको थियो हामीलाई तर समयसँगै बग्दै गएपछि थाहा भयो
त्यो असम्भव होइन ।
कतिपय पुराणपुरुषहरू आमाको पेट चिरेर निस्किएका थिए
। पेट चिरेर निकाल्न जाने हाम्रा शल्यविशेषज्ञहरूले सामान्य भयो त्यो । विर्य र
डिम्बलाई बाहिर मिलन गराएपछि गर्भमा राखी दिएर शिशु हुर्काउन पनि जाने । कतिपय
निसन्तानहरूका निम्ति वरदान नै भयो त्यो । तर त्यतिमा नै गएर विज्ञान रोकिएन । डली
भेडी जन्माउन त विज्ञानलाई बाबु पनि चाहिएन । आमा मात्रै भए पुग्यो उसलाई जन्माउन
। आमाको कोषद्वारा आमाको डिम्ब सेचन गरियो र गर्भादान गराइयो डलीकी आमालाई । डली
जन्मी र एउटा कोसेढुंगा स्थापित गरियो कि भाले बिना नै बच्चा जन्मन सक्छ भने पुरुष
नभए पनि मानवशिशु जन्मन सक्छ । प्रयोग गरिन सक्थ्यो होला यो मानवमा पनि तर कानुनले
यसलाई बन्देज गरी दियो । लुकीछिपी नै सही, कुनै दिन त यो प्रयास हुन्छ नै । त्यसमा
शंका छैन ।
प्राणी जीव उत्पादनको तेश्रो आयाम शुरू भएको छ अब ।
डच वैज्ञानिक मार्क पोस्टले प्रयोगशालामा गाईको सानो कोषलाई लिएर त्यसलाई पोषण दिई
ठुलो मासुको डल्लोमा विकास गर्न सफल भए र त्यसैको बर्गर खुवाए पनि । उनको यो
परिक्षण उत्पादनले भविष्यमा मासुको खपतका निम्ति पशुगोठ राखेर पशु हत्या गरी रहनु
नपर्ने संभावनतिर बाटो देखाएको छ ।
वैज्ञानिक मार्क पोस्टको आविष्कारले कोषवृद्धि
प्रयोगशालामा गर्न सकिएकाले भविष्यमा पोथीको सिंचित डिम्बलाई प्रयोशालामा हुर्काउन
प्रयास थालिने कुरामा शंका छैन । जसरी छोटो समयमा नै गाईको कोषको ठुलो वृद्धि भयो
त्यसरी नै छोटो समयमा नै बच्चाको विकाश हुन संभव पनि छ । यदि त्यो प्रयोग सफल भयो
भने पोथी गर्भाधानको झन्झटबाट मुक्त हुनेछन् । अझ पर पोथीजीवकोषबाट डलीभेडी
जन्माएझै भालेजीवकोषबाट टमभेडो प्रयोगशालामा नै जन्माउन सकिने कुरा पनि इङ्कित
गर्छ वैज्ञानिका मार्क पोस्टको उपलब्धिले । तबको मानिस आजको मानिसभन्दा भिन्दै
हुनेछ ।
1 comment:
Ramro lagyo
Post a Comment