बिराटनगरमा हाम्रो पहिलो बास आज महेन्द्रचोक भनिने बजारअड्डामा पर्यो। त्यो
समयमा बजारअड्डाको माहिलाको होटल चल्तीको थियो र ठुलादेखि सानासम्म सबै नै त्यही
होटलमा बस्थे। हुटेल भनिने त्यो होटल आजकोजस्तो छाटकाटको नभएर ठुलो भान्साघरजस्तो
थियो जहाँ मानिसहरू चुलोको छेवैमा भात खान बस्थे। टेबुलमा खाने भन्नेहरू
विद्यालयमा हुने लामो बेन्च र डेस्कजस्तैमा बसेर खान्थे र धोती फेरेर खाने
बाहुनहरूका लागि चुलाकै छेउमा बनाइएका चौकामा पिर्काहरू राखिएका थिए। माहिलाका
होटेलमा सानासाना बाच्छा बाँध्ने दाम्लाजस्ता मोटा जनै लगाएका बाहुन केटाहरूले
खाना पकाउथे। त्यो होटलका मालिकले उब्रिएको भात फाल्थे कि फेरि तताएर खुवाउथे? या ती जनैधारी बाहुन कत्तिको बाहुन थिए? यी प्रश्न कसैले पनि उठाउदैनथ्यो।
सबै कुरा विश्वासमा नै चलेको थियो।
घरबाट कहिले पनि लामो यात्रामा नगएको मानिस चार दिनको पैदल यात्राले लखतरान
भएको थिएँ र बिहान पाँच बजे मेरा अभिभावकले उठाउदा उठ्न गाहारो भएको थियो। चिया
खाने चलन थिएन त्यो बेला। त्यसमा पनी हामी गाउँलेहरूमा त त्यस्ता चलन पनि पसेको
थिएन। त्यसैले हामी केही पनि नखाई बजार अड्डा भनिजे बसपार्कतिर
भर्ने तरखरमा लाग्यौँ।
एस.एल.सी.को परिणाम के आएथ्यो मेरी आमालाई कहाँ पठाउने छोरो? भन्ने चटारो आइलाग्यो। पठाऊँ त कहाँ पठाऊँ? कसरी पठाऊँ? नपठाऊँ त अरूका छोरा पठाइएका छन्। दुई जना थियौं पिताम्बर काका र म। असार
साउनको झरी, उर्लदा खोलानाला, बालकै देखिने छोरो गाहारो थियो निर्णय गर्न र उनकासामु ह्यामलेटकोजस्तै गर्ने
या नगर्नेमध्ये एउटा रोज्नु पर्ने समय भएको थियो। सधैं अंधकारमा बसेकी एउटी
आइमाईका निम्ति उज्यालो ठाउँ कस्तो हुन्छ? त्यो मात्र थाहा नभएको होइन कि
उज्यालो के हो? भन्ने पनि थाहा थिएन। तैपनि उनले छोरो पढ्न पठाउने निर्णय आँखा चिम्लेर गरिन्
किनकि त्यो आफसी प्रतिस्पर्धामा उनीसँग अर्को विकल्प थिएन।
यदि सिवाइ मादीबिर्ता उत्तरपश्चिम नफर्किएर दक्षिणपश्चिम ढल्किएको भए त्यसको इतिहास अवश्य नै आजकोजस्तो हुने थिएन। दक्षिणपश्चिम फर्केको भए त्यो घमाइलो पाटो ती चार दाहालवन्धु पुग्नुभन्दा अगाडि नै आवादी भइसकेको हुने थियो र त्यहाँका रैथानेले उनीहरूलाई त्यो पाटो दिने नै थिएनन्।अल्लो र सिस्नोले ढाकिएको त्यो चिसो र ओसिलो पाटो अगाडि हुनेले ओगट्न आवश्यक ठानेका पनि थिएनन्।
सोर्हौ वसन्तमा खुट्किला टेकिसकेपछि मानिसको व्यक्तित्वको एउटा खाका तयार भइ सकेको हुन्छ। समयले त्यसलाई कुँद्ला, त्यसमा बुट्टा भर्ला, रङ देला तर त्यसले आधारभूत धारणालाई त्यति ठुलो परिवर्तन गर्न सक्दैन। लक्षको चुचुरोमा ऊ पुग्न सक्छ या सक्दैन, त्यो समयले तय गर्ने कुरा हो तर चुचुरोतिरको यात्राको थालनी त सोर्हौं वसन्तले नै गरिसकेको हुन्छ। हो, कसैको निम्ति त्यो सोर्हौं वसन्त अलि चाँडै आउन सक्छ, कसैका निम्ति १।२ वर्ष पछि। सोर्हौं वसन्तले मानिसलाई जिम्मेवार बन्न सिकाउँछ, निर्णय गर्ने क्षमता बढाउछ र ठीक बेठीका आफ्ना मान्यताहरू निश्चित गर्ने सामर्थ्य दिलाउछ। कतिले मलाई भन्ने गर्थे ― फलानोलेत वार्ह वर्षमा नै घर थामेको हो। कुरा वास्तविक पनि हो। त्यो बेलको मेरो समाजमा बाबु नहुने छोराले वयस्क हुनका लागि सोर्ह वसन्त कुरिरहन सक्ने व्यवस्था नै थिएन र मैले पनि त्यसलाई कुरेर बस्न पाइनँ।
भर्खर निस्किएका नया पत्रिकाहरूले ग्राहक बनेमा अनेक उपहार र सुविधा दिनेयोजनाहरू ल्याउछन् जो पत्रिकाका प्रवर्धनका निम्ति स्वभाविक पनि हो तरस्थापित भएँ भनेर दावी गर्ने कान्तिपुर दैनिकले वीस वर्ष पुगेको उपलक्षमापत्रिका बराबरको सुन दिने योजना ल्याउनु विज्ञापनको नयाँ तरिका मान्नु पर्छ। आफ्नो जीवनकालको समयमा योगदान दिने व्यक्तित्वहरूलाई सन्मान गर्नु, पत्रिकालाई जीवित र जीवन्त राखिदिने पाठकहरूलाई धन्यवाद दिनु जस्तामर्यादाजनक विधिलाई छोडेर पाठक पैसाको लोभी छ भनि ठानेर सुन देखाउनु पत्रिकाको पाठकप्रति हेय धारणा रहेको पाइन्छ किनकि आफ्नो भँडारमा वीस वर्ष पुरानो पत्रिका नभएर ती पत्रिका खोजेका अवश्य नै पनि होइनन् ।पाठकको अपहेलना गर्दै कार्टेलिश्ङका आधारमा एकै पटकमा शत प्रति शत मोल बढाउने पत्रिकाहरूलाई धेरै पाठकहरूले छोडेको कुरा पत्रिकाको विक्री थान गिन्तीले घटेको कुरा पत्रिका स्टलमा हेरे थाहा हुने हो । आलोचनात्मक सुझाव दिनेहरूलाई कान्तिपुरले नरुचाउन थालेपछि कान्तिपुरको स्तर खच्कदै गयो र स्तरिय पाठकहरू स्वत अर्कोतिर ढल्कदै गए र मुल्य दोब्बर भएपछि त नविकरण गर्ने ग्राहकको संख्या पनि घट्न थालेको देखिएको छ । त्यसैले मैले लगातार वीस वर्षदेखि किनेर पढिरहेको पत्रिकाले गरेको व्यवहारले मलाई दुख लागेको छ । कही ‘कान्तिपुर दैनिक’ थियो भन्नेमा नपुगोस् यही मेरो कामना छ ।
हालको सन्दर्भमा सरकारले संसदमा ल्याउन लागेको समावेशी विधेयकमा ‘अन्य’ जातीमा राखिएका समूहहरू को हुन् तिनको पहिचान खोज्नु पर्ने आवश्यकता देखिएको छ ।
नृवंशशास्त्री अथवा मानव उत्थानका ज्ञाताहरूले मानिसको उत्पत्तीको थलो अफ्रिकी महाद्वीपलाई मानेका छन् र त्यहीबाट नै मानिस भनिने त्यो प्राणी अन्य महाद्वीप छरिदै गएको कुरा शाश्वत सत्य मानिएको छ । अफृकालाई मानव उत्पत्तिको कोक्रो भनिन्छ त्यसैले नै । ११०००० वर्ष पहिले निग्रोइड र ककसियन जाती एक अर्काबाट छुट्टिए र ४०००० वर्ष पहिले ककेसियन र मंगोलाइडहरूमा शारीरिक भेद देखिन थाल्यो । ककेसियनहरूको मूल थलो मध्यएसिया र क्यास्पियन सागरको वरपरको क्षेत्र रह्यो र यहींबाट नै उनीहरू संसारको अरुभागमा फैलिए । मंगोल भनिने जातीका फैलावटबारे भने विज्ञहरूका दुई मत छन् । एक थरीको मान्यतामा मध्यएसिया मैदानबाट दक्षिण साइबेरियाबाट पूर्व लागेको मानिन्छ भने अर्का थरीले उनीहरू दक्षिणपूर्व एसियाको बाटो हुदै उत्तर लागेका हुन् भन्ने मान्यता राख्छन् । त्यसैले जे जसो भए पनि नेपालको सन्दर्भमा यहाँ बस्ने मानिसहरूका पूर्वज पनि समय र परिस्थिति अनुरुप मध्यएसिया या दक्षिणी साइबेरिया या दक्षिणपूर्वी एसियाबाट बसाइँ सर्दै यहाँ आइ पुगेकोमा दुई मत नहुन सक्छ, केवल को अगाडि र को पछाडि भन्ने कुरा मात्रै फरक हो । अझ कतिपय विद्वानहरू मंगोलियन मूलका जातीहरू उत्तर र दक्षिण दुवैतिरबाटा पसेका हुन् भनेर किटान गर्छन् । त्यसैले नेपालमा त्यो समूह पनि उत्तर र पूर्वबाट पसेको कुरा सही ठहर्छ ।
समयका वहावसँगै नेपाल एउटा राज्यमा परिणत भयो । यो भूमिमा पृथ्वीनारायण शाह भन्दा अगाडी पनि राज्य नभएका होइनन् तर ती भुरे टाकुरे राज्यहरू थिए । शाहहरूको आफ्नो राज्यविस्तार पछि त्यसमा शाह र तिनीहरूसँग सम्वन्धित परिवारको राज्यमा हालीमुहाली हुनु त्यो समयको मान्यता अनुसार स्वाभाविक थियो जुन मान्यतालाई अस्विकार गरेर अहिले त्यो हटाइयो पनि । राज्यमा कुनै एक व्यक्ति या समूहको हालीमुहाली या विशेष अधिकार हुनुहुन्न भन्ने लोकतान्त्रिक सिद्धान्त अनुसार नै नेपालमा आज नयाँ शाशन व्यवस्था स्थापित गर्न लागिएको हो तर यो देशका नेपाली मातृभाषी समूहमा पर्ने क्षेत्री, बाहुन, ठकुरी, दलितबाहुन(दमाई, कामी, सार्की), गाइने, दशनामी सन्यासी, बादी आदि मध्ये क्षेत्री, बाहुन, ठकुरीलाई नेपाल सरकारले समावेशी विधेयकमा नेपालीभाषी जनजातीलाई जाती नठहरिने ‘अन्य’ को नाममा प्रस्तुत गरेको छ जो त्यो समूहलाई दोश्रो दर्जाका नागरिकमा राखेर अरुलाई राजनैतिक अग्राधिकार दिने एनेकपा(माओवादी)को स्थापित अलोकतान्त्रिक निति अनुरुप नै शुरु गरिएकोले त्यो अन्य समूहको पहिचान खुलाउनु आवश्यक भएको छ ।
मध्यएसियाबाट झरेको आर्यहरूको हाँगा विभिन्न समयमा भरतखण्डमा झरेको हो । वैदिक आर्यहरू शुरुमा आए र शक या खस आर्यहरू त्योभन्दा पछाडि । इरानी र भारतियहरूले शक भनका र युरोपेलीहरूले सिथियन भन्ने गरेको आर्यहरूको खस समूह वैदिक आर्यहरूभन्दा धेरै पछि हिन्दकुशको बाटो गरेर कास्मिर हुदै तल झरेका हुन् । त्यो आर्य समूहको एउटा हाँगो राजस्थान हुदै सिन्ध र गुजरात पुग्यो भने अर्को हाँगो पंजाव, हिमांचल, उत्तरांचल हुदै नेपाल पस्यो । त्यसैले नजिकै भएको मैथिली, भोजपुरी भाषासँग नजिक हुनुको साटो नेपालीभाषाको व्याकरण सिन्धि या गुजरातीको नजिक हुनुले पनि यी दुई समूहको मूल एउटै भएको प्रमाणित गर्छ । खसहरूमा वैदिक आर्यहरूमा जस्तो कुनै धार्मिक कट्टरता थिएन र उनीहरूले सो समयका मूल दुई धर्म मध्ये हिन्दुधर्मलाई कतिपयले समाए र कतिले वौद्धधर्म रुचाए । वैदिक आर्यमा जस्तो कट्टरता नहुने हुनाले आज पनि नेपालका ‘अन्य’ मा राखिएका खसनेपालीहरूमा धार्मिक कट्टरता दक्षिणी वैदिक आर्यहरूको तुलनामा धेरै कम पाइन्छ ।
नेपालमा भएका खस–आर्यहरू अहिले मातृभाषा नेपालीभाषा भएका रूपमा चिनिन्छन् र यो भाषा पृथ्वीनारायण शाहको समयभन्दा पहिले नै पूर्वको चौदण्डी, माझकिरात हुदै विजयपुरसम्म पुगिसकेको थियो । शाहहरूले त त्यो समयको चल्तीको बोलीलाई समाएकासम्म हुन् कामकाजको सजिलोकानिम्ति । जसरि कुनै समयमा नेपाल खाल्डोमा नेवारीभाषा राजभाषा हुदा केरलायी नैयर देखि तिब्बती भोटेसम्मले त्यो भाषालाई समाएर विभिन्न जातजाती हुदाहुदै पनि नेवारमा गनिए त्यसरी नै कहींबाट जुनसुकै समयमा छिरे पनि नेपालीभाषा समाएर त्यसलाई आफ्नो मातृभाषा बनाउनेहरू खसआर्य भनिनु स्वभाविक हो । त्यसैले नेपालको खसआर्य जनजातीलाई ‘अन्य’ मा राखेर उनीहरूको पहिचान मेटाउन खोज्नु ‘म’ मात्र ठीक ठान्ने अधिनायकवादी सोच हो ।