कान्तिपुरको वीसौं वर्ष
भर्खर निस्किएका नया पत्रिकाहरूले ग्राहक बनेमा अनेक उपहार र सुविधा दिने योजनाहरू ल्याउछन् जो पत्रिकाका प्रवर्धनका निम्ति स्वभाविक पनि हो तर स्थापित भएँ भनेर दावी गर्ने कान्तिपुर दैनिकले वीस वर्ष पुगेको उपलक्षमा पत्रिका बराबरको सुन दिने योजना ल्याउनु विज्ञापनको नयाँ तरिका मान्नु पर्छ । आफ्नो जीवनकालको समयमा योगदान दिने व्यक्तित्वहरूलाई सन्मान गर्नु, पत्रिकालाई जीवित र जीवन्त राखिदिने पाठकहरूलाई धन्यवाद दिनु जस्ता मर्यादाजनक विधिलाई छोडेर पाठक पैसाको लोभी छ भनि ठानेर सुन देखाउनु पत्रिकाको पाठकप्रति हेय धारणा रहेको पाइन्छ किनकि आफ्नो भँडारमा वीस वर्ष पुरानो पत्रिका नभएर ती पत्रिका खोजेका अवश्य नै पनि होइनन् । पाठकको अपहेलना गर्दै कार्टेलिश्ङका आधारमा एकै पटकमा शत प्रति शत मोल बढाउने पत्रिकाहरूलाई धेरै पाठकहरूले छोडेको कुरा पत्रिकाको विक्री थान गिन्तीले घटेको कुरा पत्रिका स्टलमा हेरे थाहा हुने हो । आलोचनात्मक सुझाव दिनेहरूलाई कान्तिपुरले नरुचाउन थालेपछि कान्तिपुरको स्तर खच्कदै गयो र स्तरिय पाठकहरू स्वत अर्कोतिर ढल्कदै गए र मुल्य दोब्बर भएपछि त नविकरण गर्ने ग्राहकको संख्या पनि घट्न थालेको देखिएको छ । त्यसैले मैले लगातार वीस वर्षदेखि किनेर पढिरहेको पत्रिकाले गरेको व्यवहारले मलाई दुख लागेको छ । कही ‘कान्तिपुर दैनिक’ थियो भन्नेमा नपुगोस् यही मेरो कामना छ ।
No comments:
Post a Comment