रुवाण्डामा नरसंहार
एक करोड दश लांख जनसंख्या भएको मध्यअफ्रिकी देश रुआण्डामा १% जति अरू जाति भए
पनि ८४% हुतु र १५% तुत्सीहरू बस्छन् । पहिले जर्मनी र पछि बेल्जियमको उपनिवेश
भएको त्यो देशमा उपनिवेशकालमा नै यी दुई जातिहरूलाई अलग अलग परिचयपत्र दिएर जातिका
रूपमा प्रस्ट विभाजन गरिएको थियो । दुवै जाति काला भए पनि तुत्सीहरू हल्का काला र
हुतुहरू गाडा काला भएकाले युरोपियहरूले तुत्सीहरूलाई तुलनात्मक रूपमा आफूनजिक ठहर्याएर
शाशनमा सहभागी गराएकाले उनीहरू बढी सम्पन्न र शिक्षित पनि थिए भने हुतुहरू कृषीमा
आधारित गरिब र अशिक्षित थिए ।
बेल्जियमबाट स्वतन्त्र भएपछि रुआण्डामा आमनिर्वाचन भयो र हुतुवादी दलले जातिय
नारामा वहुमत ल्याएर विजय प्राप्त गरेर तुत्सीवाहुल्य भएको प्रशाशनमा क्षमताको
आधारमा नभएर समावेसिता भन्दै अन्धाधुन्ध जातियकरण शुरू गर्यो जसलाई तुत्सीहरूले
विरोध गर्नु स्वभाविक थियो । राज्यका प्रत्येक क्षेत्रमा आफ्नो आधिपत्य कायम राख्न
तुत्सीहरूलाई सजिलै निकाल्न सकिने नदेखेपछि हुतु उग्रवादीहरूद्वारा तुत्सीहरूको
आमहत्या गर्ने योजाना बन्न थाल्यो । तुत्सीविरोधि मिलिसियाहरू गठन भए र तिनीहरूलाई
हतियार पनि जुटाइयो । स्वयम् सरकारका कतिपय उच्च पदाशिनहरू समेत त्यसमा संलग्न भए
। तुत्सीहरूमाथि दमन शुरू भयो र तुत्सीहरले पनि उत्तरतिरबाट सशस्त्र विद्रोह शुरू
गरे । सन १९९४ मा त्यो देशलाई गृहयुद्धबाट जोगाउन छिमेकी देशहरूको पहलमा एउटा
सम्झौता भयो तर त्यो सम्झौता लिएर राजधानी आई पुग्नै लाग्दा राष्ट्रपतिको जहाज
कसैले रकेटद्वारा खसाल्यो र त्यसको दोष तुत्सीमाथि लाग्यो । त्यसपछि त सत्तामा
भएका हुतुहरूद्वारा तुत्सीहरूको नरसंहार शुरू भयो । सो नरसंहारमा नरमपंथी हुतुहरू
पनि मारिए । अरू त अरू तत्कालिन प्रधानमन्त्रीसमेत त्यसको शिकार भए । १०० दिनको बिचमा
आठ लाख तुत्सी र नरमपंथी हुतुहरू मारिएको गणना छ । नाजी जर्मनीमा यहुदीको
आमनरसंहार पछि रूआण्डाले नै अर्को ठुलो नरसंहार भोग्यो र त्यो नरसंहार उत्तरतिरबाट आएको तुत्सी सैनिक
राजधानी किगाला पसेपछि थामिन शुरू गर्यो । उग्रवादी हुतु नेताहरू देश छोडेर अरू
देशहरूमा लुक्न पुगे ।
रुआण्डाकै नरसंहारलाई लिएर टांजानियामा अंतरराष्ट्रिय अपराध अदालत खडा भयो र
अपराधी नेताहरूमाथि मुद्दा चलाउन थालियो । देशभित्रै पनि स्थानिय अपराध अदालतहरू
खडा गरिए र तर त्यहाँ न्यायाधिशको कमी भयो । भनिन्छ - देशका ७५० न्यायाधिश मध्ये
१०० दिनको नरसंहारपछि केवल ५० जना मात्र बाँकी थिए । अहिले सवा लाख मानिसहरू जेलमा
फैसला कुरेर बसिरहेका छन् र १५ वर्षको दौरानमा केवल ६००० जति मात्र फैसला भएका छन्
। मूल अपराधिमध्ये ९ जना अझै पनि पक्राउ पर्न सकेका छैनन् ।
No comments:
Post a Comment