डा. रामशरण महतको अर्थनीति
केही भए केही हुने थियो । यो आशावादीको आशा हो ।
बजेटमा केही नया आए देशका लागि केही नया आउने हो कि भन्ने आशा थियो । त्यो पनि अब
आशा आशामा नै बित्ने जस्तो देखिन्छ । हुनत डा.रामशरण महतबाट नयाँ आउछ भन्ने आशा
गर्नु नै गलत थियो होला किनकि उनको ढर्रा ढाँचा ओइलाएको उदारवादमा सीमित हुन्छ ।
उनी सोच्छन् - दिनु केही पर्दैन । उद्योगपतिहरू धमाधम यो देशमा उद्योगमा धन ओइर्याउन
आउछन् । केवल विदेशी सामान यहाँ ओइर्याउन बाटो मात्रै खोली दिए पुग्छ । आज देशमा
उद्योगको निम्ति त के ? घरमा बत्ती बाल्नकै निम्ति पनि एक तिहाइ पनि बिजुली
नहुनुमा २५% माओवादी जिम्मेवार छन् भने ७५% डा.रामशरण महत जिम्मेवार छन् । म
नेपाली कांग्रेस पनि भन्दिनँ किनकि अर्थव्यवस्थापनको मामिलामा सधैँ डा.रामशरण
महतले नै नेपाली कांग्रेसलाई ओगटेका छन् ।
उद्योग डा.महतको प्राथमिकता होइन । झन् विद्युत त
हुदै होइन । उनको प्राथमिकता पैसा कमाउनुमा हो, पैसा ल्याउनुमा हो र त्यो पैसाले सामान किनाउनुमा हो । युवाहरूको
विदेश निकाशी र लाशहरूको पैठारीमा फेरि त्यही २५% माओवादी र ७५% डा.महतको नै
जिम्मेवारी छ । डा.महतको उदारवाद र माओवादीको हिंसाले न हामीसँग उद्योग छन्, न
उद्योगका लागि पूर्वाधार नै । छन् त विदेश पठाइने युवाहरू र भित्र्याइने लाशहरू ।
No comments:
Post a Comment