परदेशी माया
जिन्दगी
पनि के जिन्दगी बैँसभरि एक्लै हुने ?
झण्डै आयु
बितेपछि त्यही बैसको लागि रुने ।
तनले
भोग्न पाएन भने मन मारेर के हुने ?
चालिसेले
छुन नपाई बुढोलेझैँ झोक्रिने ।
माया पनि
के माया तनले स्पर्श पाएन भने ?
बजारका
मिठाई सम्झी घरमा नै मुख मिठ्याउने ।
कमाइ पनि
के कमाइ आफैँ भोग्न पाएन भने ?
बबुरो
जवानी के जवानी मायाप्रिति लाएन भने
घरको जोडी
पनि के जोडी सागर वारी पारी भए ?
कति पो
चित्त दुखी हाल्ला भई बिरानो छोडी गए ?
आशा नै
पनि के आशा दिन फर्केला कि भनी कुर्ने ?
आशा आशै
बैँस बितेको जीवन बितेको पत्तो नहुने ।
No comments:
Post a Comment