विद्युत र वातावरण
कतिपयले सोच्छन् कि बत्ती बाल्ने पुगे बिजुली भई
हाल्यो नि । फर्पिङको बिजुली चन्द्रशमशेरले बत्तीकै निम्ति मात्र बनाएका थिए ।
यस्तै समझ आज पनि वहुसंख्यक नागरिकहरूमा छदै छ तर आजको युगमा बिजुली बत्ती या
घरेलु उपभोगभन्दा उद्योगको आवश्यकता र विकासको पूर्वाधार हो । बिनाबिजुली आजका
उद्योग चल्दैनन् र विकास पनि हुदैन । त्यसैले विकासको निम्ति बिजुली प्राथमिकता हो
। उद्योगमा विकसित देशहरूमा त बिजुलीले घरेलु प्रयोजनको स्थान पनि पुरै ओगटेको छ ।
विकसित आधुनिक सहरमा बिजुली नभए जीवन चल्दैन । आफ्नो फ्ल्याटमा पुग्ने लिफ्ट चल्दैन, खाना पाक्दैन, फ्रिज चल्दैन र घरेलु
उपभोगका निम्ति बनाइएका आधुनिक उपकरणहरू कुनै पनि चल्दैनन् । त्यसैले बिजुली
प्राथमिकता हो भन्ने यसै छर्लङ्ग छ र नेपालको बिजुली निकाल्ने जलउर्जास्रोत पर्याप्त
भएको र खनिजस्रोत नभएकोले जलविद्युत विकास अनिवार्य छ तर कतिपय वातावरणविदहरू
जलस्रोत दोहनले पर्यावरण बिगार्छ भनेर यसको विरोध गर्छन् । अवश्य, जुनसुकै
दोहनकार्यले वातावरणमा प्रभाव त पार्छ नै तर त्यसले नया वातावरण पनि सिर्जना गर्छ
। उदाहरणमा यसरी हेरौँ ।
एउटा ४ जनाको परिवारलाई दुई छाक पकाएर वर्षदिन खान
कम्तीमा पनि १ क्युबिक मिटर सुकेको दाउरा चाहिन्छ । त्यो भनेको ४ फुट परिधि(गोलाइ)
को ३० फुट उचाईको वयस्क रूख हो । यसैमा अब विश्लेषण गरौँ ।
१ क्युबिक मिटर(क्युमि) सुकेको काठ ताप क्षमता = ५८७०३७ बृटिस थर्मल युनिट (BTU) को बराबर=
= २३५.५
केजी लिक्विड पेट्रोल ग्यास kg LPG) को बराबर =
= १६९६ किलोवाट आवर (kWh) को बराबर
चार जनाको एक परिवारको हिसाबले नेपालमा झण्डै ६० लाख
परिवार पर्न आउछ र प्रति वर्ष ६० लाख रूख मासिने रहेछन् । ग्यास लिए पनि १ अर्ब ४१
करोड केजी ग्यास आवश्यक पर्ने रहेछ र प्रति केजीको ५० रूपया दाम राखे पनि प्रतिबर्ष
७० अर्ब रूपयाँ ग्यासमा पर्ने रहेछ । ६० लाख परिवारको निम्ति विद्युत खर्च गरे ६०
लाख परिवारको निम्ति दुई छाक खान पकाउन बिजुली
६०लाख x १६९६ = १० अर्ब १७ करोड ६० लाख
युनिट(kWh) पर्दो रहेछ । ०.५ क्यापासिटि
फ्याक्टर(FC) काम गर्दा २३२० मेगावाट(MW) क्षमताको विद्युत केन्द्रले प्रतिवर्ष सो विद्युतउर्जा
उपलब्ध गराउदो रहेछ । यही लक्षलाई लिएर जाने हो भने पर्याबरणमा प्रतिबर्ष ६० लाख
वृक्ष जोगिने र सो बराबरको इन्धन दहनबाट उत्पन्न हुने कार्बन ग्यासबाट वातावरण पनि
जोगिने रहेछ । अभ भन्नोस् यसले बातावरण बनाउछ कि बिगार्छ ?
जोरपाटी, काठमाडौ
२०७१ जेठ १०
No comments:
Post a Comment