शक्ति, सत्ता र सम्पत्ती -१
मानिस जन्मदा ऊ आफूमा केही पनि होइन र ऊसँग केही पनि हुदैन । त्यसैले भनिन्छ -
मानिस सर्वदा निरिह र नाङ्गो जन्मिएको हो । तैपनि उसको समय-मुल्य शुन्य भने हुदैन
र उसको धेरथोर सम्पन्नता त हुन्छ नै । उसको फोक्सोले काम गर्छ भने पहिलो प्राणीजन्य
आचश्यकता उसले पाउछ । जन्मदिने आमा जिउदै छ भने दुधको रस पनि पाउछ उसले । ऊ केही
समय-मुल्य भएको परजीवी प्राणी हुन्छ । त्यसै आधारमा ऊ बाँच्नका निम्ति संघर्ष गर्छ
र उसको संभावना उसका संरक्षकहरूको समय-मुल्यमा भर पर्छ ।
वयस्कतामा पुगेपछि मानिस पराश्रित हुन छोडेर स्वतन्त्र हुन थाल्छ । त्यहाँ पनि
उसको समय-मुल्य उसका पूर्वसंरक्षकको सम्पन्नताको एउटा भाग हुन सक्छ । तर मानिस
त्यतिमा नै सीमित रहन चाहदैन । ऊ आफ्नो समय-मुल्यको या आफ्नो सम्पन्नताको वृद्धिमा
अथक प्रयाश गरी रहन्छ । यो उसको जीवन संघर्ष हो । यही जीवन संघर्षको क्रममा देखा
परेका अन्तरद्वन्दलाई मार्क्सवादीहरू वर्गसंघर्षको नाम दिन रुचाउछन् । औद्योगिक
उत्पादन क्रममा विभिन्न व्यवशाय अँगाले पछि मानिसको समय-मुल्य फरक हुने हुनाले
एउटा व्यवशायिक समूहलाई वर्ग भनिने मार्क्सवादी परिभाषा हो । अझ सजिलोको निम्ति औद्योगिक
उत्पादनका तीन अवयव पूँजि, व्यवस्थापन र श्रममध्ये पूजी र श्रमलाई वर्गको नाममा एक
अर्कोको विरुद्ध उभ्याई दिए मार्क्सले । उपभोग्यताको वितरणमा भएका कमीकमजोरीका
आडमा ती दुई बीचको सम्पन्नतालाई दाँजेर
औद्योगिक उत्पादनका अभिन्न अंगलाई एक अर्काको शत्रुमा परिणत गरी दिए उनले । उनले
यो सोचेनन् कि एउटा अवयव नहुने बित्तिकै औद्योगिक उत्पादन ठप्प हुन्छ । उनले त
एउटै व्थक्ति पूँजिपति, श्रमिक र व्यवस्थापक हुने आदिम उत्पादनको व्याख्या गरे अथवा
वर्गविहीन र शोषणविहीन साम्यवादमा पूँजीको लगानी कहाँबाट आउछ ? यसको संचालन कसले गर्छ ? पुरै उद्योगको व्यवस्थापन गर्ने को ? यी प्रश्नमाथि उनले गोलमटोल वाख्या गरे ।
कार्लमार्क्सको चिन्तन डेढ दुई सय वर्ष अगाडिका युरोपिय श्रमिकहरूको स्थितिलाई
हेरेर शुरू भएको हो । आजका श्रमिकलाई हेरिएको होइन । सोर्ह घण्टा काम गरेर पनि
उनीहरूलाई खान लाउन पुग्ने स्थिति थिएन । उनीहरूको माग पनि गाँस, बास र कपासमा सीमित थियो । यी तीनै चिजको
उपभोगको मात्रा मानिसले चाहेर पनि बढ्न सक्दैनथ्यो । त्यसैले मानिसको आवश्यतानुसार
ती चिज उपलब्ध गर्न सम्भव थियो । काम त मानिसको क्षमताभन्दा बढी लगाउन यसै पनि
सकिदैन । त्यसैमा नै "मानिसलाई आवश्यकता अनुसार, मानिसबाट क्षमता अनुसार" को
सिद्धान्त आधारित छ ।
मार्क्सले संपत्ती र पूँजिको व्याख्या गरे, सम्पन्नताको गरेनन् । उनले कमाइको
व्याख्या गरे, समय-मुल्यको गरेनन् । हो, पूँजीको शोषणबाट सम्पत्ती आउछ र केही सम्पन्नता
पनि दिन्छ । पूँजिले शोषणबाट पूजिको मालिकको सम्पन्नता वृद्धि नगरी दिने हो भने
त्यो पूँजि केवल भविष्यको निम्ति लगानी भएर बस्ने थियो । तर सम्पन्नता संपत्तीबाट
मात्रै आउदैन । त्यत्ति नै सम्पन्नता शाशनको हालीमुहालीमा बस्ने सत्ताधारीले पनि
पाउछ र झन हातमा बन्दुक हुने शक्तिवालाले त त्योभन्दा बढी पाउछ । यसको उदाहरण, साम्यवादतिर लम्केका भनिएका माओको चिन र
किमको उत्तर कोरियालाई नै लिन सकिन्छ । आन्तरिक मंगोलियाको एउटा किसान या संघाइको
पेटीको सुत्ने एउटा गैर्हआवासिय श्रमिक र महलमा सुतेर वासमतीका भुजा खाने चिनिया
कम्युनिष्ट पार्टीका अध्यक्षको हैसियत(सम्पन्नता) एकै हुदैन । झन उत्तर कोरियामा
किम् परिवार त राजपरिवा नै भई हाल्यो । उसको सम्पन्नताको तुलना गाउँको आधापेट खाने
किसानसँग गर्नु त्यो किसानको घाउमाथि नुन थप्नु मात्रै हो । त्यसैले समय-मुल्यको
अन्तरलाई न्यूनिकरण गर्न सकिन्छ, निमिट्यान्न पार्न संभव छैन । मानिसलाई संपन्नतावृद्धिको
मौका दिइएन भने मानिसले विशेष प्रयाश गर्नु पर्ने आवश्यकता ठान्दैन र विशेष प्रयाश
विना मानिस र समाज दुवैको प्रगति हुदैन किनकि आजको मानवसभ्यता गाँस, वास र कपासमा सीमित छैन ।
1 comment:
ठिक छ मन पर्यो
Post a Comment