पाहुना
आखिर जुठेल्नेामा
कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी – “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?”
आमाले दिक्क मानेको
स्वरमा भनी – “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। औंशी पुर्णे लाग्छ राँडीलाई बेलाबेला।
हिजो बेलुकादेखि नै निहुँ खोज्दै थिई। अब कति दिनलाई हो, कुन्नि ।”
“म गएर सम्झाउँ त माहिली दिदीलाई?” – छोरीले प्रस्ताव गरी।
“तँ झन जादै नजा। पहिले जस्तो हो र? आजकाल त तँलाई देखी सहन्न। हिजो तँ नआउन्जेल कति खुशी थिई। तँलाई पर
देख्ने बित्तिकै भन्दै थिई – —आइछ लखरलखर एक्लै।‘ त्यसपछि त के भूत खनियो के भूत?” – आमाले छोरीलाई रोक्दै भनी।
“बिचरी सोझी छ। म पनि रित्तै हात आएँ उसलाई केही पनि
नलिई। रिस उठ्यो होला नि। बहिनीका घरमा म पनि जाने भन्थी अघिल्लो
पाला। मैले पनि लगेकी छैन । —हुन्छ नि‘ भनेर पनि लगिन भनी ठान्दी हो। एक पल्ट लिएर जानुपर्ला” – छोरीले फेरि प्रस्ताव राखी।
“अँ, अब यही लाटीलाई लिएर जा न।
सासूससुरा, नन्दआमाजू, देउरानीजेठानीका अगाडि यस्तै
गाईजात्रा गरोस्। यहाँ मेरा डरले तै यति मात्रै गर्छे। भुत्ल्याउछु गएर राँडीलाई
अनि थाहा पाउछे ।” – आमाको रिसको पारा चडयो। क्रमश....
No comments:
Post a Comment