दक्षयज्ञ विध्वंस पछि सेलाएका महादेवसँग
दक्षपक्षका तर्फबाट क्षमायाचना गर्दै दाँत भाचिमागेका पुषाकालागि देवताले सोधेछन्
– “भगनान् ! पुषाका दाँत भाचिएका
छन् । उनले खानेकुरा कसरी खाने?” देवताहरूले सोचेका
थीए – भगवान खुशी भएर दाँत उमारी दिनेछन् तर बाठा महादेवले सोझै भनिदिएछन् – “दाँत नहुनेले पिसेर खाने ।” प्रधानमन्त्रिको स्वागतार्थ
गोरखामा गरिने सम्मेलनमा त्यो बाटोका सबै बस माओवादी कार्यकर्ता त्यहाँ पुर्याउन
कब्जा गरिएकोमा सर्वसाधारण यात्रु केमा जाने भन्ने पत्रकारको जिज्ञासामा माओवादीका
त्यहाँका जिल्ला सेक्रेटरी चुडामणी खड्काले पनि भनिदिएछन् – बाहिर जाने माइक्रो
बसमा जान सक्छन् । आदिदेवको बौलाहा सुशाशन दक्षयज्ञबाट शुरु भए झैं हाम्रा
प्रधानमन्त्रिको सुशाशन गोरखाबाट शुरु हुन थालेको छ । पुषाले त महादेवके विरोध
गरेका थिए, जनताले त बाबुरामको विरोध गरेका थिएनन् । जनताले पत्याएका थिए कुनै
समयमा माओवादीलाई । ९ महिने शाशन र त्यसपछिको उदण्डताले त्यो ओरालो लाग्यो । जनताको
त्यसमा कुनै दोष छैन ।अहिले बाबुरामलाई पत्याएका हुन् माओवादीलाई होइन। यस्तै हो भने
त्यो ओरालो लाग्न महिना कुर्नु पर्ने छैन । दिनगन्ती नै शुरु हुन थाल्नेछ । केको
निम्ति हो गोरखाको यो तामझाम भूतपूर्व राजाहरूको सवारीमा जस्तो जनतालाई दुख दिएर ?
राजाले बकस बाँडे झैं गोरखालाई त्यो सम्मेलनमा केही दिने घोषणा गर्ने भए बढे राजा
मानेका जनताले छोटे राजा पनि मानिदेलान् तर पंचायतकालिन शेरे धनुषा सत्तामा हुदा
हजारौं हजार अगाडि पछाडि जनता भए पनि मर्दाका मलामी दाजुभाइमा मात्र सीमित भए
।
प्रधानमंत्री भएको महिना दिन नपुग्दै संसार
देखेर आएका बाबुरामको लोली र बोली फेरिन थाल्यो । ४५ दिनभित्र सेनासमायोजन गर्ने गफ
चुटेर हिडेका बाबुरामले न्युयोर्कमा उत्तर र दक्षिणका नेतालाई के भेटेथे उनको मुखबाट
त ‘बबुरा म’ भएर जालसाँज गर्न मिल्ने काइते भाकाको बोली निस्कन थाल्यो । “सबै सहमति भए ४५ दिनमा समायोजन गरिसक्छु भनेको पो त मैले, पत्रकारले पो उल्टो
कुरा बनाइदिए” भनेर नेपालको भूमि पैतालाले छुने बित्तिकै उनले बोली
फेर्दै आफू चोखो र संचारमाध्यमलाई बदमास ठहर्याइ दिए । अब आश लागेको केटो पनि
जेठाजु परेपछि जनताले पत्याउनयोग्य कोही नेता बाँकी रह्यो त ?
No comments:
Post a Comment