नृवंशशास्त्रीहरूको परिभाषामा खस को हुन् त्यो मलाई थाहा छैन र झन नेपाली
पहाडी छेत्री बाहुनहरू खस हुन् कि होइनन् भन्ने तर्क गर्न म सक्दिनँ । कुनै पनि
बाहुन वंशावलीले आफ्ना पुर्खा भारतबाट आएका होइनन् भनेर भनेको पनि मैले पाएको छैन
। त्यसैले २९ भदौको नागरिक दैनिकमा छापिएको विद्या डी जोशीको पत्र आंशिकरूपमा सही
लाग्छ मलाई । नृवंशशास्त्रीहरूले खोज्ने गरेको वंशियअणु आधारमा वहुजातिय नेपालमा
जातिय सुद्धता खोज्नु अब यसै पनि त्यति
सजिलो छैन, बरु जातियभन्दा भाषिक आधारमा भने यसलाई व्याख्या गर्न सकिन्छ । जस्तै,
नेवार कुनै जाती होइन, केवल भाषाभाषी मात्र हुन् किनकी पुरातनमा चाहे दक्षिण
कर्नाटकबाट नायरहरू पसून् या उत्तर तिब्बतबाट भोटे या अझ परबाट हानहरू, पूर्वबाट
नागाहरू पसून् या पश्चिमबाट खसहरू नेवारी राजभाषा भएकाले सबैले त्यो नसिकी त्यहाँ बस्न
संभव थिएन । त्यो समयमा त्यहाँ हुने चार जात
र छत्तिस वर्ण सबै नै कालान्तरमा त्यो भाषाभाषीभित्र परेर नेवार कहलाइए र
तागाधारीदेखि अछुत र मंगोली नेप्टोदेखि आर्येली चुच्चोसम्म नाक हुनेसम्म त्यहाँ
पाइए । आजको नेपालको सन्दर्भमा पनि खसको परिभाषा नृवंशशास्त्रीहरूको परिभाषाको आधारमा
होइन भाषिक आधारमा खोजिनु पर्छ । आजको नेपालीभाषा खसभाषा भनेर मानिएको छ र अर्को
मातृभाषा नहुने सबैलाई खसभित्र हालिएकाले छेत्रीबाहुनहरू खसमा दरिएका हुन् ।
पुस्तौं अगाडि भारत छिरेका नेपालीहरू अहिले गोर्खाली भएर हामीले बोलिने नेपाली
खसभाषालाई त्यहाँको गोर्खाभाषा बनाएका छन् । त्यतिले मात्र पुग्दैन । पुर्खौदेखि
बसेका र पुरानो मातृभाषा उहिले नै
छोडिसकेका इलामको गुरुङ या दोलखाको मैथिली बाहुन या दार्चुलाको नेवार आफ्नो
जातिय राज्य माग्ने समाजको सदस्य हो कि खससमाजको ? उनीहरू पनि खसमाषी भएकाले खसको
परिभाषा भित्र पर्छन् भने छेत्रीबाहुनलाई खस भनिदा आपत्ती हुने कुरै हुदैन । थात र
थलो छोडिसकेपछि मानिसको धर्म र जात पुरानै रहिरहँदैन । केवल यतिमात्रै हो कि
खसभाषी नेपाली सबै नै खस हुन् अन्यथा सबैको जरो खोज्दै जाने हो भने त प्रथम मानवको
उद्भवस्थल अफ्रिकातिर पुग्नु पर्ने हुन्छ ।
Tuesday, September 27, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment