Friday, June 21, 2013

nari lekh



w'Gw'nL / cfhsf] gf/L ;d:of

ha ha dlxnf / k'?if larsf] c;dfgtfsf s'/f p75g dlxnfsf kIfdf cfjfh p7fpg]x¿ y'k|} b]Vbf nfUb5 – dlxnfx¿sf c;dfgtfsf lbgx¿ ca kSs} hfg nfUb}5g t/ ha dlxnfx¿ lhpb} 89fOPsf / 9'Ëfn] xfg]/ dfl/Psf ;dfrf/ cvaf/df b]vfk5{g clg nfU5 dfgj ;Eotf cflbd 9'Ë]o'uaf6 w]/} k/ uO;s]sf] 5}g . @.$k|ltzt cfOdfO{sf s'/f gug]{ xf] eg] cfOdfO{ h'g;'s} ;dfhdf eP klg, rfx] Tof] ;dfh hlt;'s} ljslzt 7flgPsf] lsg g xf];, nf]Ug] of nf]Ug]dflg; Þåf/f lkl8t, zf]lift of s]xL g s]xL ¿kdf ckdflgt t ePs} x'G5g . Tof] zf]if0f, lk8g / ckdfgsf] dfqf dfq w]/yf]/ x'g] ub{5 . t]>f] ljZjsf] t s'/} 5f]l8lbpmF, cfkm"nfO{ ljslzt, ;Eo / cu|ufdL 7fGg] o'/f]lko / cd]l/sL /fHox¿df klg /fHosf] lgltlgdf{0fdf gf/Lsf] :yfg ;w} g} cToGt Go'g /xG5 / gf/Lsf] xsdf k'?ifÞåf/f ul/g] lg0f{o gf/LnfO{ k'?if ;/x g7flgP/ sdhf]/, c;Ifd / ;+/lIft hLj ;/x dfg]/ ul/G5 . To]f eGbf klg k/ t gf/L :jod cfkm"nfO{ klg To:t} 7fGg] ub{5g / Tof] c;dfgtfnfO{ 6fpsf] lgx'/fP/ l:jsf/ ub{5g . cfˆgf] clwsf/sf] lglDt gf/Lsf], obfsbf JolQmut lj/f]w eP klg, ;+ul7t ¿kdf ljb|f]x Oltxf;df slxn] klg ePsf] 5}g . gf/L clwsf/sf] cfGbf]ngsf] ;a eGbf 7"nf] gsf/fTds kIf g} gf/L c;xeflutf xf] eGg] s'/f To;}n] k'li6 x'G5 .

lsg x'b}gg t gf/L ljb|f]x < s] gf/Lx¿nfO{ cfkm"dfly ePsf] cGofosf] 1fg 5}g < s] gf/L k'?ifn] ;f]r] h:t} ;fRrL g} czs x'g t <

oL k|Zgsf hjfkm t'?Gt} lbg ;lsG5 . czssf] kl/efiff g} 5}g . zfl/l/s b[li6n] t lkUdLn] klg df];fO hftL dfly ljho kfpg ;S5 . cfhsf] o'4 xltof/sf] o'4 xf] . km]l/ gf/L / k'?ifdf xltof/sf] o'4sf] h?/t 5}g klg . dfglzs ¿kn] klg gf/L k'?ifeGbf sxL+ klg sd ePsf] k|dfl0ft ub}{g . ;xgsf] Ifdtfn] klg gf/L k'?if eGbf a9L ;Ifd dflgcfPs} s'/f xf] . k'?ifdf Ifl0fs ln8] an dfq}  x'g] / gf/L nfdf] ;do;Dd ;+3if{ ug{;Sg] s'/f t k|dfl0ft g} eO;s]sf] 5 . To;}n] gf/LnfO{ c;s eGg t sbflk ldNb}g .

gf/LnfO{ cfkm"dfly ePsf] cGofosf] 1fg klg 5 . k9]n]v]sf lzlIft dlxnfsf t o;} ;r]t 5b}5g, ufpF3/ s'gfsfKrfsf cfOdfO{ ;d]t cfkm" k'?if åf/f lkl8t ePsf] l:jsf/ u5{g t/ pgLx¿ cfkm";Fu ljsNk gePsf] u'gf;f] kf]V5g . x'g klg pgLx¿ ;Fu ;+;f/sf ;a} gf/Lx¿ ;Fu em}+ ljsNk 5}g . klxn]f t pgLx¿sf ;fd' k|Zg pl7g}xfN5 — oL nfnfafnf s;nfO{ 5f]8]/ hfpmF < k]6df /x]sf] b]lv dfuLvfg] gx'Gh]n;Ddsf] afns cfdfdf cfl>t eP/ afFr]sf] x'G5 / pm ;Fu cfdfsf] cflTdo zfl/l/s ;DaGw klg afa'sf eGbf a9L x'G5 . o:tf] ;DaGw x'g'sf] d"n sf/0f cfdfsf] uef{wf/0f / p;n] kfng kf]if0f ug]{ jfWotf xf] cGoyf cfdf klg afa'n] h:t} 5f]/f5f]/Lk|lt t6:y x'g;Sg] lyO{ . k'?if lj/f]wdf cfOdfO{n] ljb|f]x ug{ g;Sg'sf] d"n sf/0f xf] klg oxL g} .

JolQmut ¿kdf t dlxnfåf/f nuftf/ ljb|f]xx¿ ePsf5g . sf]xL 5f]/f5f]/L 5f]8]/ kf]On uPsf5g, sf]xL nf]Ug] 5f]8]/ cfkm" :jtGq eP/ hLljsf rnfP/ a;]sf 5g, s;}n] nf]Ugs} ;fd' g} csf]{ nf]Ug] lnPsf klg 5g . kf}/fl0fs sfns} s'/f ubf{ klg j[x:klt kTgL tf/fn] rGb|nfO{ klt dfg]s} x'g . hlt;'s} 3'dfO lkm/fO s'/f a6f/] klg clxNofn] uf}td eGbf ;an / /fd|f OGb|nfO{ /f]h]s} x'g . of}g b'a{n kf08'n] :jf:gL 5f8f 5f]8g' k/]s} xf] . slt 5g o:tf 36gfx¿ t/ o;n] gf/LnfO{ kf}/fl0fs sfndf clwsf/ eg] lbPg . pgLx¿nfO{ k~rsGof agfO{ pkNnf] :yfg lbP/ c? dflysf] cfˆgf] clwsf/ oyfjt /flvof] . kf}/fl0fs sfnsf] ljb|f]xdf t >Ldb\ efujtsL Pp6L kfq w'Gw'nLsf] ljb|f]x dfq gf/L ljb|f]xdf dgg of]Uo ljb|f]x xf]] . p;s]f ljb|f]x nf]Ug] of Pp6f k'?ifsf] lj/f]wdf dfq ;Lldt geP/ l;Ë} k'?if hftLsf] cfr/0f, Jojxf/ / clwsf/ dfly ePsf]n] ;f/f kf}/fl0fs k'?if w'Gw'nLsf] lj/f]wdf plePsf] kfOG5 . w'Gw'nLn] gf/Ln] dfq ef]Ug' kg]{ uef{wfg cl:jsf/ u/L . of}g l:jsf/ u/]/ klg uef{wfg cl:jsf/ ug]{ Pp6L ljb|f]xL cfOdfO{ pm dfq ePsLn] k'?if kfl08To k'/f0fdf pm sn+ssL pkdf eO{ . ;'v kfpFnf eg]/ uef{wfg l:jsf/ u/]/ 5f]/f] hGdfpg] cfdfnfO{ cfˆgf] :jfYo{sf] lglDt s'6]/ 3/af6 lgsfNg] 5f]/fx¿ k'/f0f / Oltxf;df s/f]8f}+ s/f]8 eP / clxn] jt{dfgd} klg xhf/f}+ e]l6g ;S5g t/ w'Gw'sf/L gfd w'Gw'nLsf] 5f]/f]n] dfq} kfof] . k~r dsf/ 7"nfa8fsf] ;w}| l:js[t j:t' eof] t/ ck/fwL w'Gw'sf/L dfq 7xl/of] . oL ;a} k|ofzx¿ w'Gw'nLsf] lj/f]wnfO{ cdfGo agfpg] rfnsf cË dfq x'g eGg] b]lvG5.

w'Gw'nLn] Pp6f gof cfofdsf] l;h{gf ul/lbPsL 5 — gf/L Tof] a]nf dfq k'?if ;dfg x'g ;S5] ha p;n] k'?ifn] h:t} uef{wf/0f  ug'{ kb}{g, aRrfnfO{ v'jfpg' , lkofpg' kb}{g / p;sf] ;+/If0fsf] lhDdf lng' kb}{g . h'g ;d:of w'Gw'nLsf] ;fd' lyof] cfh klg cfOdfO{sf] ;fd' ToxL ;d:of 5 / h'g ;dfwfg w'Gw'nLn] /f]hL cfhsL gf/Ln] ;fFr} k'?if ;dfg g} clwsf/ lng] xf] eg] Tof] eGbf csf]{ af6f] /f]Hg klg ;lSbg . s[lqd uef{wfg of 6]i6 6Ø'j a]aL;Dd t nf]Ug]sf] l:js[lt lyof] t/ w'Gw'nL t uef{wf/0f g}  ug{ rfxGgyL . To;}n] p;n] 6]i6 6Ø'a a]aL wf/0fsf] lhDdf cfˆg} 3/sL uf}dftfnfO{ ;'lDklbO{ . uf]s0f{sf] hGd cdfgj dftf af6 ePsf] s'/f k'/f0f :jodn] l:jsf/ u/]sf]5 / of] hGdsf] sf/0fdf w'Gw'nLnfO{ /fv]sf] 5 .

s[lqd uef{wfg h:t} s[lqd cfdf klg cfhsf] o'usf] Pp6f ;DefJo ;dfwfg xf] . uef{wfgsf] lglDt efn] kfqsf] cfjZostf t 8nL e]8fsf] hGdn] plxn] g} P]lIfs agfOlbPsf] 5 . Snf]lgªn] lao{ / l8Dasf] cfjZostf klg d]6fOlbPsf] 5 . /Xof] s'/f s]jn Pp6f ue{wf/0f ul/lbg] dfWodsf] dfq . Tof] dfWod dfgj, cdfgj s'g} klg x'g;S5 , hLj lghL{j b'j} x'g;S5 . uf]s0f{sf] em}+ uf}dftf x'g;S5, b|f]0ffrfo{sf] em}+ b|f]0fkfq x'g;S5 . ;dosf] dfq} s'/f xf] Tof] lbg w]/} k/ 5}g .

ha cfdfx¿ aRrf hGdfpg 5f85g /fHo ;r]t x'g cfjZos x'G5 . s[lqd cfdfx¿n] hGdfPsf afnaflnsfsf] lhDdf s;}gs;}n] lng} k5{ / of] lhDd]jf/ /fHoeGbf c? x'g klg ;Sb}g . gful/s aRrfx¿sf] /]vb]v / kfngkf]if0f /fHosf] lhDdfdf k'Ub5 / /fHon] kl/jf/sf] ¿k lnG5 . ;'?;'?df ;DkGgx¿n] cfˆgf] lghL ;DkQL eg] em}+ lghL ;Gtfg klg hGdfpnfg t/ ;dofGt/ ;Fu} Tof] emd]nfaf6 ;a} cfOdfO{ d'Qm x'g vf]Hg]5g / x'g]5g .

5f]/f5f]/Lsf] emd]nf kl5 gf/Lsf] sdhf]/L xf] cgfjZos ue{wf/0fsf] ;Defjgf . OlR5t clgR5t b'j} of}gaf6 of] ;Defjgf /xG5 / aGWofs/0fn] of] ;d:of ;w}|sf] lglDt ;dfwfg ul/lbG5 . Snf]lgª / s[lqd cfdfn] gf/L / k'?if larsf] lje]b cGTo u/]/ pgLx¿sf lardf k|]dsf] ;DaGw dfq sfod ul/lbg]5 .

k]6df aRrf of aRrf x'g] ;+efjg af]s]/ of sfFvLdf af]s]/ of xftn] l3Rofpb} aRrf 8f]xf]¥ofP/ s'g} klg cfOdfO{ k'?ifsf] ;dfg clwsf/ k|fKt ug{ ;lSbg . lk7Ø" , uw{g / xftdf ef/L af]s]/ lx8g] JolQmn] hlt;'s} lrRofP/ clwsf/ lnP klg hLjgsf] bf}8df pm To;sf] pkef]u ug{ ;Sb}g / pkef]u lagfsf] clwsf/ afFb/sf] k'R5/ dfq} xf] . To;}n] clwsf/sf] pkef]usf] yfngL cfhaf6 g} ;'? x'g' k5{ . ;d'b|L cfFwLn] 8'afp5 eg]/ dfemLx¿ ;d'b|df hfg 5f]8b}gg . af3n] vfG5 eg]/ dflg;x¿ h+undf 3fF; bfp/f  ug{ klg 5f]8b}gg . anTs[t x'g] 8/n] 3/ aflx/ glg:sg] xf] eg] cfOdfO{ anTs[t eOg}/xG5g . anTsf/ /f]Sg] pkfo , klxnf] t , anTsf/sf] cfkm"n] lj/f]wug{' xf] . sbflrt eOxfn] cgfjZos ue{wf/0fug]{ ;+efjgfnfO{ klxn] g} /f]Sg' xf] / anTsf/LnfO{ sfg'gL k|Tofqmd0f u/]/ b08lbg] k|ofzug{' cfˆgf] clwsf/sf] ;+/If0f xf] .

cfhsL gf/L Pp6L w'Gw'nL xf] / clwsf/sf] pkef]usf] lglDt p;n] w'Gw'nLsf] af6f] ;dfpg' eGbf csf]{ af6f] klg 5}g . k'/} k'?if k'/f0f p;sf] lj/f]wdf pleg]5 , of] Pp6f ;fZjt ;To xf] t/ pm b[9 eP/ pleg ;sL eg] p;sf] lglDt Pp6f gof cfofd v'Ng;S5 . lj1fg / k|ljlwn] gof gof ;Defjgfx¿ vf]lnlbPsf 5g . Pp6f uf]s0f{sf] ;Defjgf cfPsf] 5 / To;sf] ;fy}df Pp6f w'Gw'nLsf] ljhosf] klg .

/fdk|;fb bfxfn
hf]/kf6L – !, sf7df8f}F
kmf]gM )!–$(!)))!

Monday, June 17, 2013

मेरो जीवनयात्रा -७



७. प्रवेश आङ्ल भाषाको

बाहुनले गाईखाने म्लेच्छ भाषा पढ्न हुन्न भन्ने मान्यता त्यो समयमा हाम्रा गाउँमा थियो। म्लेच्छभाषा या गाईखाने भाषा पढ्नेलाई जातबाट र अझ पानीबाट नै पनि काढ्न सकिन्थ्यो। जुल्फी पाल्नु (पछाडि कपाल बढाउनु), छरी काट्नु(पछाडिको कपाल काट्नु) भातमा नचल्ने अझ जातै जान सक्ने कुकर्म मानिन्थे। नियमले त बाहुनले बिहानै दिसा, सुची गई ३६ पल्ट हात माटोले सफा गरी लगौंटी लाएर नुहाउनु पर्थ्यो। सफा धोती फेरेर पानीको मूलमा बसी एक सय आठ पल्ट गायत्रीमंत्र जप पनि गर्नु पर्थ्यो। सुद्ध धोती लगाएर अल्गो चुलोचौकोमा बसेर कसैले नछोई खाना खानु पर्थ्यो र एउटा फरिया मात्र लाएकी बिहे भएकी बाहुनी मात्र त्यो चुलोमा पुग्न पाउथे। व्रतबन्ध नभएका छोरा र बिहे नभएका छोरी समेत चुलोमा चल्दैनथे। यी मर्यादाहरूलाई मादीबिर्ताका बाहुनहरूले सकी नसकी धेरथोर पालन गर्थे। लुकीछिपीका कुरा गर्ने हो भने त लसुन, प्याज, छ्यापी, गोलभेडा खाँदा जातै जाने भए पनि मेरी बजैले सबै जना सुतिसकेपछि लसुन खाएको कुरा त मैले अगाडि नै भनिसकें र यस्ता लुकीछिपी काम अरूले पनि गर्थे।   

बाहुनले वेदविद्याजस्तो देवभाषा मात्र पढनु पर्ने मान्यता बोकेको समाजमा म्लेच्छभाषा पढ्ने हावा एकाएक आयो। मेरी बजै मरेको एक डेढा महिना नबित्दै चैनपुर बजारबाट २०।२२ वर्षको नौजवान प्रकाशराज जोशीलाई(जसलाई हामी सर भन्ने गर्थ्यौ र अब पछाडि प्रकाश सर भनिने छ) वार्षिक एक निश्चित अन्नपात र रकम दिने शर्तमा हामीलाई पढाउन ल्याइयो। कसले के र कति दियो त्यो त मलाई थाहा भएन तर प्रकाशसरको प्रवेशले मेरो मात्र होइन सारा गाउँको जीवनढाँचामा प्रभाव पार्न सुरु गर्‍यो।  

कुनै पाठशाला खुल्नु, कुनै शिक्षक आउनु ठुलो कुरा थिएन। ठुलो कुरा त पाठशाला चाहिन्छ, शिक्षक चाहिन्छ भन्ने मानसिकता विकास हुनु हो। हिजो अपवित्र, अछुत र अमान्य भएको भाषा, कोही कसैले पनि किन नहोस्, त्यसलाई स्वीकार गर्ने विद्रोह देखाउनु पनि तत्कालिन समाजमा ठूलो थियो र दर्‍है आँटको आवश्यकता पर्थ्यो। हुनत शिक्षाप्रेमी महानन्द सापकोटाले मादीबिर्ताबाट एक डेढ घण्टाको बाटो परको सदरमुकाममा ५।७ वर्ष अगाडिनै अंग्रेजी भाषापठनको विद्यालय खोलेका थिए तर त्यसलाई सम्पन्न बिर्तावालहरूको गाउँले आत्मसात गर्न सकेको थिएन। पहिलो कुरा, चैनपुर बजार थियो र बजारको मानसिकता गाउँको भन्दा धेरै उदार हुन्छ। दोश्रो, चैनपुर बजार नेवार वहुसंख्यक बस्ती हो र उनीहरूको आवतजावत, नातागोता धनकुटा, धरान, धुलिखेल र काठमाडौं उपत्यकासँग पनि भएकाले त्यसले केही प्रभाव त पारी नै हाल्थ्यो। बजार समूहमा तागाधारी थोरै र वहुसंख्यक मतवाली भएकाले तागाधारीमाजस्तो कट्टरता उनीहरूमा थिएन। मेरो गाउँ त कट्टर बाहुनहरूको थलो थियो, आफ्नो ठिंग्रोमुंग्रो कायम राख्न सत्ताधारीको समर्थन गर्नुपर्नेहरूको बिर्ता थियो। त्यस्ता गाउँमा पनि आधुनिक शिक्षाको चासो बढ्नुको अर्थ भारत स्वतन्त्रताको प्रभाव र नेपालमा सत्ताविरोधको विस्तारै विस्तारै चल्दै थियो भन्ने लाग्थ्यो। विद्यालय मादीबिर्ताको रामालयशिवालयको नारद गुरुको पाठशाला भएको पाटीमा स्थापना हुने भयो। यो विक्रम संवत् २००६ सालको कुरा हो।
हुन त मोरङमा केही जग्गा हुनाले बिराटनगरतिर आवतजावत गर्ने मेरा जेठा बाजेका छोरा रुद्रप्रसाद दाहालले प्रकाशसरभन्दा एक वर्ष अगाडि नै एक जना शिक्षका बिराटनगरबाट ल्याएर आफ्नै घरमा राखी अंग्रेजीभाषा पढाउन थालेका थिए तर म सानो भएको र उनको घर टाढा भएकोले मलाई त्यहाँ पढाउन उठाएनन्। फेरि उनको त्यो प्रयास सामुहिक नभएर व्यक्तिगत भएकाले त्यो टिकाउ हुन सकेन जस्तो लाग्छ मलाई।  

अंग्रेजी विद्यालय सुरु गर्न शिक्षक आउने बित्तिकै गाउँका परिवार दुई भागमा विभाजित भयो। एक थरी आङ्ल भाषाका कट्टर विरोधी भए। विरोध गर्नेहरूमध्ये एक थरी नयाँ विद्यालयमा लाग्ने खर्च सुनेर नै आत्तिएका थिए भने अर्का थरीले पूर्वमान्यतालाई त्याग्नु सत्ताको विरोध गर्नु हो भनेर नयाँ विद्यालयको विरोध गरे तर समय यति चाँडो बदलिरहेको थियो कि उनीहरूको विरोध त्यही समयमा पनि फितलो देखिन्थ्यो र पछि त्यो विरोधले कुनै आधार पनि पाएन। 

प्रकाशसरको प्रवेशपछि हामी विद्यार्थी पनि दुई भागमा बाँढियौं। अंग्रेजी पढनेहरू प्रकाशसरको पाटामा गए र सँस्कृत पढनेहरू नारदगुरुतर्फ रहे। नारदगुरुकहाँ पढ्न सस्तो थियो। बाबुबाजेका पालादेखिका दुर्गाकवच, चण्डी, रुद्री, वेद, अमरकोष, लघुकौमुदीका पुस्तकहरूले नै काम चल्थ्यो र नारदगुरुलाई गुरुदक्षिणा पनि थोरै थिए पुग्थ्यो। मेरो पनि तात्कालिन पुस्तक त अमरकोष मात्रै थियो। प्रकाशसरकातिर भने सुरुमा नै सिंगै पाँच रूपयाँको किताब किन्नु पर्ने। एक सुकामा एउटा खेताला पाइने जमानाको त्यो दुर्गमा ठाउँमा पाँच रूपया निकाल्न जोसुकैले सक्ने कुरा पनि थिएन। त्यसैले पनि हाम्रो विद्यालयलाई असकहरूले ठुलाठालुको विद्यालय भन्ने गर्थे। 

मेरो घरबाट २।४ मिनट परको रामालयशिवालयको पाटीमा नारदगुरुले पढाइ सुरु गरेका हुन्। नारदगुरुले पढाउदा हामी पराले सुकुलको चकटीमा बसेर पढ्थ्यौ र घाम ताप्न मन लागे त्यही चकटी ओछ्याएर मन्दिरका वरिपरिका ढुंगामा बसेर पढ्थ्यौं। युगौंदेखि चलिआएको शिक्षापद्धतिमा न विशेष आसनको जरुरत थियो न विशेष पाठ्यपुस्तक नै चाहिन्थे। श्रुति र स्मृतिका आधारमा चलेको शिक्षापद्धतिमा आधुनिकता आएपछि केही पुस्तकहरू प्रयोग हुन थालेका थिए,  नत्र त उही गुरुशिष्य परंपरा, उही डिकोधुलौटो र बाँसका खबटा र उही श्रुति, स्मृति नै कायम थियो तर प्रकाशसर आएपछि हाम्रो परंपरा तोडियो। हाम्रा हातमा सुरुका दिनमा नै नयाँ पुस्तक र कापीहरू परे, डिकाको सट्ट कलम र पेन्सिल पायौं। तितेपाती र गाजलका दिन गएर नया मसीका चक्कीहरू आए। धोती लगाउने भारतिय उपमहाद्वीपको शिक्षा सुकुलमा पलेँटी मारेर आर्जन गर्न सकिए पनि प्यान्ट लगाउने आङ्लहरूको शिक्षा लिन र  दिन कुर्सी, डेस्क, बेन्च आवश्यक ठानिए। त्यसैले पाटीको पश्चिमपट्टि नारदगुरुको भाग लाग्यो र पूर्वपट्टि प्रकाशसरले डेस्क बेन्च लगाउन थाले।  

हाम्रा डेस्क, बेन्च सार्‍है भद्दा थिए। जमिनमा चार वटा वाँसका किला गाडेर त्यसमा चुकुल हाली चुकुलमाथि फल्याक तेर्स्याइएको फलैंचालाई हामी बेन्च भन्थ्यौं र त्यसको ठिक अघिल्तिर बेन्चभन्दा एक फुट अल्गो अर्को बेन्च हाम्रो डेस्क बनेको थियो। हाम्रा डेस्क र बेन्चमा उचाइमा बाहेक अरू अन्तर थिएन। प्रकाशसरका निम्ति भने कहीं कतैबाट कसैले काठको कुर्सी उब्जाइ दियो।  

हामी अल्गो बेन्चमा बस्नेहरू हामीबाहेक  अरू कसैले पनि नबुझ्ने भाषा पढिरहेका थियौं र त्यो उचाइबाट सुकुलमा बस्ने हाम्रा अघिल्ला दिनका सहपाठीहरूलाई तल देखिरहेका थियौं। 

हाम्रो शिक्षा सम्पन्न र असम्पन्नका बीचमा विभाजित थियो। अघिल्ला दिन नारदगुरु सबैका गुरु थिए तर भोलिपल्ट नै उनी असम्पन्नहरूको मात्र प्रतिनिधित्व गर्न थाले। त्यो दुर्गम ठाउँको त्यो बेलाको शिक्षा विभाजन यो देशका आजका उच्चस्तरिय आवासिय विद्यालय र सरकारी या सामुहिक विद्यालयहरूका शिक्षाजस्तै विभाजित देखिन्थे। 

म्लेच्छ शिक्षाका अध्ययनका दिनहरू हाम्रा निम्ति आनन्दका दिनहरू हुनथाले। हामीलाई पलेटी मारेर बस्नु पर्ने वाध्यता थिएन। सरलाई गुरुलाई जस्तो खुट्टामा ढोग्नु पर्दैनथ्यो। नमस्ते गरि दिए पुग्थ्यो। हामी केटाकेटी थियौं र प्रकाशसर पनि कुनै पाका थिएनन् र यस्तै केटाकेटीपनको शिकार हुन पुगेथें म। प्रकाशसरले हामी प्रत्येकलाई पाँच रुपयाका पुस्तक र कापी दिदा १५ दिन भित्र पैसा बुझाउनु पर्ने जानकारी दिएका थिए। मैले मेरी आमालाई सो कुरा सुनाएँ तर मेरी आमाले भनिन् – “पर्‍या छैन पाँच पाँच रुपया हालेर किताब किन्नु। सात वर्षका मान्छेलाई पाँच पाँच रुपयाको किताब ! केटाकटीलाई पाएर ठग्न खोज्छन् ठग मोराहरू ।”
“पैसा नदिए किताब फिर्ता लान्छन् रे।” – मैले रुन्चे स्वरमा भने।  
“लगे लान्छन्।” – मेरी आमा आफ्नो भनाइमा अडिग रहिन्। 

मैले दिनदिनै जस्तो आमालाई मनाउन खोजें। आमा आफ्नो अडानबाट डेग चलिनन्। आखिर त्यो दुर्दिन आइहाल्यो जो आउने कुरामा शंका थिएन। म्याद नाघेको २।४ दिन पछि पनि मैले पैसा नल्याएकोले प्रकाशसरले भने – “तैले किन पैसा नल्याएको?“
“आमाले दिइनन्।”  – मैले डराएर जवाफ दिएँ। 
प्रकाशसरले सबै किताब र कापी खोसेर लिए र भने – “भोलि पैसा लिएर आउनु अनि किताब कापी लानु।”
साथीसँगातीहरूको बिचमा म अपमानित भएर घर आएँ र आमासँग रोइकराइ गर्न लागें तर मेरी आमाले आफ्नो अडान छोडिनन्। अन्ततः मैले रुदै भनेँ – “सबैका किताब छन्, मेरा छैनन्। मैले के पढने त?”
मैले सोचेको थिएँ – मैले व्रह्मास्त्र छोडेँ र आमासँग त्यसको काट छैन तर आमाले तुरुन्तै जवाफ दिइन् – “अमरकोषको किताब लिएर जा र गुरुसँग पढ्। पर्दैन अंग्रेजी पढनु।” 

त्यो उमेरमा मेरोनिम्ति ती अंग्रेजी पुस्तक र अमरकोष पढनुमा कुनै अन्तर नभए पनि मेरा सहपाठीह रू बेन्च र डेस्कमा पढिरहेका र म भने केही दिन अघि मात्र छोडेको अमरकोषको किताब समाएर त्यही सुकलमा बस्नु परेको पीडा र अपमानवोधले आहत भएँ र मेरा आँखाबाट आँशु र घाटीबाट हिक्का आइ नै रह्यो। नारदगुरुले मलाई धेरै सम्झाए तर म सम्झन सक्ने स्थितिमा नै थिइनँ। म त कसैले नदेख्ने ठाउँमा लुक्न चाहन्थे। त्यसैले मैले मृत्युको आह्वान पनि गरें किनकि कसैले नदेख्ने ठाउँमा लुक्नु नै मृत्यु ठानेको थिएँ मैले। तर मृत्यु मैले बोलाउदैमा आउन सक्ने कुरा भएन र त्यो आँशु, त्यो हिक्काको बीचमा मैले मेरी बजैको अभावको तिखो पिडा अनुभव गरें।
मेरी आमा भन्थिन् – ‘यो सार्‍है रुन्चे छ। बिहान रुन थाल्यो भने रातिसम्म रुन्छ। अझ निन्द्रामा नै पनि रोइरहन्छ ।’

हुन पनि हो। चाहे आफ्नो होस् या अर्काको दुख देख्यो कि मेरो आँखामा आँशु आइहाल्छ। त्यो दिन त झन रोक्न सक्ने कुरै भएन। किताब अगाडि खुला भए पनि मैले एक अक्षर पनि पढ्न सकिनँ। 
नयाँ आङ्ल विद्या भर्खर भर्खर खुलेको र शिक्षक र विद्यार्थी दुवै पनि नया भएकाले हाम्रा अभिभावकहरू सबै नै दिनहुँ विद्यालयमा आउथे। उनीहरूले पारम्परिक शिक्षाको विधि त जानेका थिए, नौलो आङ्ल शिक्षा बारे भने पुरै अनभिज्ञ भएकाले त्यो शिक्षाका बारेका केही जान्न खोज्ने उत्कण्ठा पनि थियो उनीहरूमा। सधै झैं त्यो दिन पनि उनीहरू एकल या हुल भएर आए र सबैले निरिक्षणको सिलसिलामा म सुकुलमा बसेर रोइरहेको पनि देखे। सबैजसोले नै म रुनुको कारण जान्न खोज्दा नारदगुरु जवाफ दिन्थे – “आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।”

कुरा सामान्य थियो र जटिल पनि। मेरी आमाले नदिएपछि सि्ङ्गो पाँच रुपया मलाई कसैले पनि दिने र दिलाउने आँट गर्न सक्दैनथ्यो। सानो भए पनि म त्यति बुझ्थे र मैले कसैतिर पनि अनुरोध गरेर हेरिनँ। मेरो मनस्थिति पराजित थियो र मैले आँशु पनि रोक्न सकिनँ। मेरी आमाको त्यो अडान मेरो जीवनको नकारात्मक पक्ष हुने थियो कि सकारात्मक?  त्यो छुट्याउन गाहारो छ तर त्यो अडान कायम नै रहेको भए म आज जस्तो असीमित ज्ञान खोज्दै भौंतारि रहने भने थिइनँ। मेरा नैतिकता–अनैतिकता, पाप–धर्म, न्याय–अन्यायका परिभाषा पनि आज जस्ता हुने थिएनन्। म एउटा साधारण गाउँको एउटा सामान्य मानिस रहने थिएँ र त्यही अज्ञानले मलाई स्थिर बनाउने थियो। 

औशीको रात नै भए पनि कहीँबाट जुनकुरी छिरेर प्रकाश जन्माइ दिन्छ। सुनसान ठाने पनि कुनै प्वालबाट छिरेको हावाले सुसेली हालिदिन्छ र मेरो जीवनमा पनि त्यस्तै भयो। निराशाको मेरो त्यो अनन्त सागरमा एउटा दरिलो स्वर सुनियो – “ पण्डित, किन रुन्छ यो?”
“आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।” – नारदगुरुले उही रटिरटाउ जवाफ दिए।
ती अभिभावकले मलाई उठाएर बेन्चमा बसालेर प्रकाशसर तिर हेरेर भने – “ए प्रकाश ! यसका किताब फिर्ता दे। यसले पैसा ल्याएन भने म तिरिदिउँला।”

सबै आश मरिसकेको स्थितिमा ती किताब फिर्ता पाएको क्षणको जति आनन्द मैले कहिले पनि पाइनँ र त्यो क्षण मेरो निम्ति सधैं स्मरणिय भयो। उनले मेरी आमालाई के भने?  त्यो मैले थाहा पाइनँ र पाउने कोशिश पनि गरिनँ तर मेरी आमाले त्यो पैसा भोलिपल्ट नै तिरिदिइन् र जीवनमा आफूले जतिसुकै कष्ट सहनु परे पनि मेरी आमाले आफ्ना छोराहरूको पढाइमा पैसाको लोभ त्यसपछि कहिले पनि गरिनन्। त्यसै गरी मेरोनिम्ति आफूलाई धरौटी राखिदिने ती अभिभावक मेरो जीवन भर श्रद्धेय भए र सधैं मलाई मार्गदर्शन गरिरहे। मेरा गाउँका कैयौं बाजेमध्येका ती मेरा बाजेका काकाका छोरा लीलानाथ बा (२०१५ को निर्वाचनमा प्रतिनिधि सभाको सदस्य भएपछि हामी एम् पी बा भन्थ्यौ) ले मेरो जीवनमा एउटा ढुंगा गाडेर मेरा बाटो तय गरिदिए। 

मेरी आमालाई लीलानाथ बाले के भने त्यो बेला मैले चासो राखिनँ। पछि म उमेरदार भएर सोध्दा आमाले भने अनुसार बाले भनेका थिए रे ‘सँगैमा तेरा जेठाजुहरूका छोरा भने पढेर ठुलो हुने तँ भने छोरालाई हलो नै जोताउँछेस् त, बुहारी?"
शायद त्योभन्दा ठुलो व्रह्मास्त्र पनि थिएन होला उनीसँग त्यो बेला। लीलानाथ बाले यिनै शब्द भने वा भनेनन् त्यो त्यति जरुरी थिएन तर उनले भनेका शब्द मेरी आमाका मनमा यसरी गाडियो कि उनले हामी दाजुभाइको पढाइलाई सधैं प्राथमिकता दिइन् र आज हामी जो र जस्ता छौं यो उनकै अथक प्रयासको परिणाम हो। 

कुलेश्वर, काठमाडौं
२०५२।११।२५
(रामप्रसाद दाहालको अप्रकाशित 'मेरो जीवनयात्रा' को एक अंश)

Tuesday, June 11, 2013

मेरो जीवनयात्रा -१५



१५. विद्यालय र शिक्षक

१

विद्यालय त केवल पढ्ने थलो न हो। यसका जीवन त शिक्षक र विद्यार्थी नै हुन्। विद्यार्थी त थियौं हामी त्यहाँ तर गोपालसर गएपछि शिक्षकका अभाव प्रस्ट भयो। गोपालसर नै पनि कुनै विशेषज्ञ त होइनन्, केवल एस.एल.सी.सम्म मात्र पढेका हुन् तर हामी विद्यार्थी र हाम्रा अभिभावकहरूका लागि त कमै पाइने मोतीमध्येका थिए। त्यो दुर्गम गाउँमा शिक्षक भएर जान को चाहन्थ्यो र सहरमा बसेकाहरूमध्ये? इलामको कुरा मलाई थाहा भएन तर पूर्वी पहाडी जिल्लाहरूमा त केवल धनकुटामा मात्र एउटा हाइस्कूल(अहिलेको माध्यमिक विद्यालय) थियो भने शिक्षक आउन सक्थे कहाँबाट? सँस्कृतमा प्रथमा गरेका भीमगुरु(पं.भीमप्रसाद दाहाल)ले कार्यवाहक प्रधानाध्यापकको काम चलाउन थाले। फेरि अभिभावकहरूलाई खटपटी हुन थाल्यो। शिक्षकका निम्ति दौडादौड गर्न थाले उनीहरू। यस्तै दौडादौडमा दार्जिलिङबाट एक जना बी. ए. गरेका र अर्का आइ.ए. गरेका उदयप्रकाश र उदयचन्द्र दुई छेत्री बन्धुहरू ल्याइए तर उनीहरू छ महिना पनि नबित्दै एक दिन रातारात गरेर कसैलाई थाहा नै नदिई सबै चिज छोडेर त्यहाँबाट पलायन भए र हामी फेरि ‘पुनः मुसिको भवः’ भयौं। उनीहरू दुईबारे कमै ज्ञान भयो हामी विद्यार्थीलाई। हाम्रा अभिभावक फेरि शिक्षक खोजीमा लागे। शिक्षक खोजी गर्नेमा पं.नन्दिशंकर र पं.अनन्तराम नै हुने गर्थे किनकि पढेलेखेकामा उनीहरू नै गनिन्थे र सबैको उनीहरूमा नै आश हुन्थ्यो। पं.भीमप्रसादको जिम्मेवारी विद्यालय कायम राख्नुतिर नै हुन्थ्यो। अरू पण्डितहरू त आङ्ल शिक्षाका यसै विरोधी नै थिए। 
शिक्षक होस् या नहोस् हाम्रो कक्षा बढ्दै जान्थ्यो। विद्यालयलाई एकै कक्षामा राखिरहन पनि सकिदैनथ्यो। यस्तै खोजमा दार्जिलिङदेखि ल्याइए शिक्षक पी.डी. राई। सार्‍है भलादमी व्यक्ति थिए उनी छक्कापंजा नजान्ने। उनी शुरूका १।२ कक्षाका लागि सार्‍है उपउक्त। हामीलाई आँगनमा उभ्याएर सिपाहीलाई झै परेड खेलाउथे, व्यायाम गर्न लगाउथे। अंग्रेजीमा नाम सोध्ने, उत्तर दिने गर्न लगाउथेँ याने अंग्रेजी बोल्न सिकाउथे तर हामी त ७ कक्षा पुगिसकेका थियौ र हामीलाई त पढाउने शिक्षक चाहिएको थियो। त्यसैले राईसर उपयुक्त भएनन् हाम्रा लागि। तैपनि ‘न मामाभन्दा कानु मामा निको’ भन्ने उखान अनुसार हाम्रा अभिभावक वाध्य थिए उनलाई राख्न।
चल्दै थियो यसरी नै। एक दिन अकस्मात आकाशबाट अमृतफल झरे झैं टुप्लुक्क आइपुगे नवेन्दु गोस्वामी, पढेलेखेका एउटा बंगाली। नवेन्दु गोस्वामी जोगीजस्ता मानिस, दार्‍ही पालेका, कपाल बढाएका। वस्त्र पनि उनको गेरु नै थियो। उनको साथमा केही पनि थिएन र केही पनि मागेनन्। औंशी पूर्णिमाका होमहोमादी गर्थे। प्रत्येक दिन ध्यान, जप र बलिवैवस्वत गर्थे। प्रत्येक कुरा देख्दा सबैले भन्थे – उनी आत्मज्ञानी हुन्। शायद चुरोट भने खान्थे उनी। फिरन्ते जोगीजस्तै आइपुगेका थिए भोकले र थकाइले विरामीजस्तै भएर। उनी थोरै हिन्दी बोल्थे, अंग्रेजी धेरै। अनकन्टारको त्यो दुर्गम पहाडमा एउटा विद्यालय देखेर उनी त्यसैमा आकर्षित भए र स्वेच्छाले निशुल्क शिक्षा दिने प्रस्ताव राखे। हाम्रा अभिभावकलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। यो नाम पनि उनको नहुन सक्छ तर हाम्रो गाउँमा उनी यही नामले नै बसे र यही नामले नै गए।
नवेन्दु गोस्वामीको आगमनले फेरि विद्यालयमा रौनक ल्यायो। नेपाली नजाने पनि कनिकुथी हिन्दी त बोली हाल्थे। यही नै पर्याप्त थियो हाम्रा लागि। कतिसम्म पढेका थिए उनले त्यो कसैले पनि जान्न चाहेन, उनले पनि भनेनन् होला। हाम्रा अभिभावकहरूले उनको प्रमाणपत्र खोजिरहेनन् र उनीसँग ती प्रमाणपत्र थिएनन् पनि। एउटा अंग्रेजी बोल्न सक्ने, विद्यालयको विषय पढाउन सक्ने व्यक्ति भए पुग्यो हाम्रा अभिभावकलाई। 
राईसर रामालय–शिवालय पाटीको माथिल्लो तलामा बस्थे। बेलाबखत सुरापान पनि गर्नु पर्ने उनको निम्ति बाहुनहरूको घरमा बास सजिलो नहुने ठानेर नै उनले त्यो ठाउँ रोजेको हुनुपर्छ। अन्यथा गोपालसर जीवप्रसाद, लीलानाथहरू कहाँ बसेका थिए। उदयचन्द्र छेत्री, नवेन्दु गोस्वामी र पछि आउने मृणालकान्ति बर्मन पनि त्यही नै बसे। उदयप्रकाश छेत्री पं.भोलानाथकोमा बसेका थिए भने पछि आउने सुधिन्द्रमोहन मजुम्दार पं.अनन्तरामकोमा। 
हाम्रा अभिभावकहरूले सोचे –  ‘राईसरको काम छैन अब  र उनलाई विदा दिनु नै उपयुक्त हुन्छ।’ त्यही प्रस्ताव ल्याइयो राइसरको अगाडि तर बिचरा राइसर बल्लबल्ल पाएको एउटा जागीर छोडेर जाउन् पो कता। त्यसैले यो संदर्भमा अलि चर्काचर्की पनि पर्‍यो राईसर र हाम्रा अभिभावक बीच तर दिनेले नदिने भएपछि राईसर बसिरहन सकेनन् र आखिर लेनदेन मिलाएर बिदा गरिए। 
हामी आठौं कक्षामा के उक्लिएका थियौं नवेन्दु गोस्वामीले विदा लिने भए। वर्षाको दुई महिने बिदा शुरू भएकेा थियो। हाम्रा लागि शिक्षक आवश्यक थियो र शिक्षक पाउन गाहारो। त्यसैले हाम्रा अभिभावकहरूले नवेन्दु गोस्वामीको साथमा गएर कलकत्ताबाट शिक्षक ल्याउने निर्णय गरे । शायद नवेन्दु गोस्वामीले कलकत्तामा जति भने पनि शिक्षक पाइन्छन् भनेर राय पनि दिएका थिए होलान्। आखिर त्यही मेसोमा अनन्तराम बा नवेन्दु गोस्वामीको साथ लागेर शिक्षक लिन कलकत्ता गए।
२
विद्यालय र शिक्षकका बारेका कुरा गरिनु पर्दा सो समयको मादीबिर्ताको सामाजिक परिवेशलाई पन त्यत्तिकै केलाउनु पर्ने हुन्छ। अगाडि नै भनियो कि मादीबिर्ताको आवादी चार तहमा विभाजित थियो। जमीनका मालिक बिर्तावाल थिए तर बिर्तावालमध्ये नै पनि आफ्ना आफ्ना खाल थिए। त्यहाँ पनि बढी सम्पन्न थिए, कम सम्पन्न थिए। सम्पन्नमध्ये नै पनि धान हुन्थ्यो ढुकुटीमा, सेफमा पैसा नहुन सक्थ्यो। दोश्रो तहमा, धर्मकार्य संचालनको निम्ति त्यहाँ बसाइएका पण्डित, पुरोहितका सन्तानहरू थिए। लेखपढ गर्न त उनीहरू जान्दथे तर आङ्लभाषामा भने उनीहरूको त्यति रुची थिएन। तेश्रो तहमा, रैती बसाइएका मतवाली गनिन्थे जसको एउटा पनि जमीनको टुक्रा थिएन र शिक्षामा उनीहरूको चासो पनि थिएन र सामर्थ्य पनि थिएन। चौथोमा, सेवाका निम्ति राखिएका दमाई, कामी, सार्की थिए जसको जीवन सेवाग्राहीबाट वार्षिक अनुदानको रूपमा तोकिएको बाली भनिने अन्नबाट चल्थ्यो जो अन्न थन्क्याउने समयमा नै उनीहरूले लिएर जान्थे। त्यसैले सो समयमा आङ्ल शिक्षाको निम्ति खर्च गर्ने सामर्थ्य र चाहना दाहाल परिवारसँग मात्रै र दाहाल समाजभित्र पनि बाहिरी दुनियाको केही ज्ञान भएकासँग मात्रै थियो र शिक्षकको बन्दोवस्त र पालन पनि उनीहरूलाई नै गर्न कर लाग्थ्यो। विद्यालय पनि उनीहरूले नै स्थापना गरेका थिए र त्यसलाई बचाउनु पनि उनीहरूको नै जिम्मेवारी थियो तर त्यो जिम्मेवारीका विषयमा सम्पन्नहरू बीच नै विभाजन भएको थियो। गाउँका सम्पन्न मुखिया श्रीप्रसाद विद्यालयको समर्थनमा आएनन्। हुनत पहिलो विद्यालय संचालक समितिको अध्यक्ष उनलाई तोकिएको थियो तापनि उनले त्यसमा सक्रिय सहभागिता देखाउन चाहेनन् या सकेनन्। यसो हुनुको कारण स्वयम् उनको पृष्ठभूमि जिम्मेवार थियो जस्तो लाग्छ मलाई। उनी श्रीनारानका छोरा भए पनि श्रीनारानखालका आफ्नै भाइभतिजा, नातिहरूको समेत तर्साएर, धम्क्याएर र कतिपय स्थितिमा लुटेर पनि खाएका थिए उनले र त्यसको प्रतिकारमा उनको समर्थनको राणाशाशन ढलेपछि ती बन्धुहरू त्यसको प्रतिशोध र मुआबजा चाहन्थे। उनले सो दिने कुरा नै भएन। विवादको चुरो यसमा अल्झिएको थियो र सोही विवाद विद्यालय संचालनमा पनि पुग्यो। गोपालसरको समयमा विद्यालय तालाबन्दीको घटनापछि त विद्यालय समर्थक र विद्यालय विरोधी दुई कित्तामा बाँडिन पुग्यो मादी दाहाल परिवार। एकातिर श्रीप्रसाद र उनका छोरा र एक दुई जना भतिजाहरू भए भने अर्को तिर उनकै भतिजा र नातिहरू। यस्तै क्रममा श्रीप्रसाद बाका घरमा आवतजावत निषेधको स्थितिसम्म पनि आइपुग्यो र यसलाई श्रीप्रसाद विरुद्धको हडताल भनिने गर्थ्यो। कटुता थियो श्रीनारानखाल आफै बीच। अरू खालले त त्यो आगोमा घिउ मात्र थपिदिएका हुन्। यही कटुता विद्यालयको निम्ति भने वरदान भयो किनकि श्रीप्रसादबाको विरोधीहरूले जसरी भए पनि त्यो विद्यालय बचाउनु नै पर्ने थियो र बचाए पनि। यो कुरा पछाडि प्रशङ्गमा बुझिदै जानेछ। खाल त यसै पनि विभाजित थियो। त्यसमा पनि दलिय विचार आएपछि कांग्रेस र कम्युनिष्ट दुई भाग त यसै पनि हुने नै भयो। म आफै पनि दुई भागमा विभाजित थिएँ। कांग्रेस लीलानाथ बा मेरा अभिभावक झैं थिए। उनलाई चिढाउनु पनि मैल हुन्नथ्यो। सर्वहाराका गतिला किताबमा लेखेका कुरा पढेर म धनीहरूको शत्रु त यसै बनेको थिएँ। एउटा १०।११ वर्षको बालकलाई आगाको फिलुंगोजस्तो धपधपाउदो क्रान्तिकारी बनाउन त्यति गाहारो पनि थिएन। म यस्तै नै रहने थिएँ होला तर जीवनको बाटोलाई परिवर्तन गर्न भारत विभाजनका पिडित ई बंगाली मोसाइ विद्वानहरू हाम्रो गाउँ आइपुगे। 
३
प्रत्येक वर्ष हामी कक्षा चढ्दै गयौं र हामीसँगै विद्यालय पनि उक्लदै गयो। विद्यालयको तह बढ्नुको कारक हामी विद्यार्थी भएका थियौं। हामीसँगसँगै विद्यालयको तह पनि नबढेको भए कि हामीले घर छोडेर परदेश जानु पर्ने थियो कि पढाइ छोडेर घर बस्नु पर्ने स्थिति आउने थियो। हाम्रा अभिभावकहरूलाई ती दुबै स्थिति सह्य थिएनन् र उनीहरूविद्यालयको स्तर बढाइरहेका थिए।
जति कक्षा हामी उक्लदै जान्थ्यौं त्यति नै स्तरिय शिक्षको आवश्यकता थियो हामीलाई। प्रकाशसर नजिकैका थिए, आए र उनले सक्ने शिक्षा दिएर गए। गोपालसरको स्तर पनि विद्यालय स्थापनाको निम्ति आवश्यक नै भए पनि त्योभन्दामाथिको निम्ति उनी पर्याप्त थिएनन्। नवेन्दु गोस्वामी गएपछि हामी फेरि भीमगुरुकै मातहतमा परिणत भएका थियौं। उपयुक्त पढाइ हुन नसकेकोमा भीमगुरु दुखमनाउ त गर्थे तर उनको सामर्थ्य नेपाली र सँस्कृत पढाउनु र दुखमनाउ गर्नु बाहेक अरू गर्न सक्ने थिएन।
पं.अनन्तराम बा नवेन्दु गोस्वामी अघि लगाएर शिक्षक लिन कलकत्ता गएका एक डेढ महिनापछि भदौको चुहुँदो झरीमा दुई जना धोती फेरेका विदेशीहरूलाई लिएर हाम्रो गाउँमा आइपुगे। दुर्दशा थियो ती दुई महानुभावहरूको। ओठ र मुख सुकेका थिए। बसेपछि उठ्न सक्दैनथे र उठेपछि बस्न नसक्ने। हामी आइमाई केटाकेटीलाई पाँच दिन लाग्ने धरानदेखि हाम्रो गाउँसम्मको बाटो उनीहरूले बल्लबल्ल आठ दिनमा तय गरेर आएका थिए। काला, कृशकाया वर्ष तीस पनि नपुगेका थिए एक जना। अर्का केही गोरा, केही मोटा, केही पाका थिए। कसरी लिएर आए ती शिक्षकहरूलाई पण्डितबाले त्यसको अर्कै कथा छ तर ती शिक्षक किन आए होलान्? त्यतापिट्ट मात्र म जान चाहन्छु।
त्यो समयसम्म हाम्रो विद्यायलयमा जो आए ती सबै नेपाली समाज बुझेका, नेपाली सँस्कृति र सँस्कार बुझेका नेपाली थिए। नवेन्दु गोस्वामी त बाटामा भेटिएका जोगी थिए जसको आउनुको लक्ष जीविकोपार्जन थिएन तर पण्डिबाका साथमा आउने सुधिन्द्रमोहन मजुम्दार र मृणालकान्ति बर्मन आफ्नो र परिवारको जीवन धान्न अर्थोपार्जनको निम्ति आएका व्यक्तिहरू थिए। कलकत्ताजस्तो सुसँस्कृत र सुविधसम्पन्न स्थानमा बसेका व्यक्तिहरू एउटा नचिनेको उनीहरूको भाषासम्म पनि नबुझ्ने मानिसका साथमा लागेर तीन दिन रेल र मोटरमा बिताउदै साउने झरीमा उर्लदा खोलानाला नाघेर ७।८ दिन पहाड पैदल हिडेर मेरो गाउँजस्तो अति दुर्गम ठाउँमा आइपुगेका थिए। यसैबाट थाहा हुन्छ कि भारत विभाजनको समयमा पूर्वी बंगालबाट कलकत्ता आइपुगेका शरणार्थीहरू जीवन कति कष्टकर रहेछ र जीवन धान्नका निम्ति कसरी पातमाथि ज्यान राखेर दौडन वाध्य रहेछन्। तर संसार यसरी नै चलेको छ। एउटाको कष्टले अर्कोलाई सुख दिदो रहेछ, एउटाको वाध्यताले अर्कोलाई फाइदा पुर्‍याउदो रहेछ। नवेन्दु गोस्वामीको वाध्यता के थियो? त्यो थाहा नपाए पनि हामीले उनीबाट निशुल्क शिक्षा पायौँ र सुधिन्द्र र मृणालसरहरूको वाध्यता त हाम्रो लागि वरदान नै भयो। यसै प्रशङ्गमा म यो पनि भन्न चाहन्छु कि यस कार्यमा हाम्रा अभिभावहरू त्याग र बलिदान पनि कम सर्‍हानिय छैन। एक तोला सुनको सय रूपया पनि नपर्ने त्यो जमानामा आफ्ना सन्तानको शिक्षाका निम्ति प्रति महिना प्रत्येक शिक्षकलाई तीन सय रूपयाँ दिने कबोलमा शिक्षक भित्य्राउनु कम ठुलो बलिदान होइन। ती अर्को सँस्कार, सँस्कृति र सभ्यताका ती बंगाली भद्रपुरुषहरूलाई पाल्ने पं.अनन्तराम र जीवप्रसादको योगदानको उल्लेख नगर्नु पनि अपराध हुनेछ।

 (साभार रामप्रसाद दाहालको अप्रकाशित 'मेरो जीवनयात्रा' बाट)