प्रकाश कोइराला
बी.पी कोइराला मरेकोमा खुशी मैले हिजो मनाएँ। नमरेको भए नेपाली कांग्रेसको पेटीबाट लखेटिएर राजेच्छा
पुरा गर्न भारदारको पाटोमा उभिएको छोरोको अनुहार देख्दा नागरिक हुनुको अपमान र
बाबु हुनुको अपराध बोधको पिडा मृत्यु भन्दा असह्य हुनसक्ने संभावना भोग्नु पर्ने
थियो उनीले। तेश्रो उपाध्यक्षको पद सिर्जना गरेर शैलजालाई भारदारीमा अहिले नउचालिए
पनि त्यो संभावना यथावत कायम रहेकोले त्यो संभावनाको पिडा पनि भोग्नु पर्ने थियो
बी.पी.ले। गिरिजालाई त्यो पिडा बोध भए नभए पनि त्यो वहिर्गमनले नेपाली कांग्रेसलाई
बी पी पुत्र निस्केर जानुले चोट लागे पनि पिलिएको घाउबाट पिपले निस्कने बाटो पाए
झैं त्यसले नेपाली कांग्रेसभित्रको प्रतिगामी सोच राख्ने प्रवृत्तिको एउटा पाटोलाई
दलबाट निस्कने बाटो बनाइ दिएको छ र त्यस भित्रको प्रतिगामी सोचका समर्थकहरूको एक
हुल निस्किए पछि आउदो अधिवेशनले नया बाटो समाउन सक्छ।
नेपाली कांग्रेस अहिले इतिहासको संघारमा उभिएको छ र
आउदो अधिवेशनका निर्णयहरूले नेपाल, नेपाली, लोकतन्त्र, राजतन्त्र र स्वयम नेपाली कांग्रेसको एउटा निर्णायक प्रभाव
छोडनेछ। यसले आउदो अधिवेशनमा समयानुकुल राजनैतिक, सामाजिक र आर्थिक दस्तावेजहरू
प्रस्तुत गर्न सकेन भने यसका नेतृत्व पंक्तिले मात्र होइन नेपाली कांग्रेसले नै
प्रकाश कोइराला पथ समाउने कुरा निश्चित छ र २१ सौं शताब्दिको नेपाली एउटा नया दलको
सिर्जनामा लाग्नेछ।
अधिवेशनले तय गर्नु पर्ने थुप्रै कुरा भए पनि नेपाली
कांग्रेसले सबभन्दा पहिले आ195143नो लक्ष समूहलाई परिभाषित गर्नु पर्छ। ऊ यो देशका
बासिन्दालाई के ठान्दछ? राजका प्रजा कि सार्वभौम जनता? प्रजा हुन भने दाशतन्त्रमा दाशले
मालिकको सार्वभौमता र अधिकार स्विकार गरे झैं प्रजाले राजको सम्प्रभूता स्विकार
गरेर राजतन्त्रमा प्रजाले पाउन सक्ने भारदारी भनिने सर्वोच्च मान खोज्न जानु
स्वाभाविक हो। 'होइन, जनता सार्वभौम हुन,
स्वतन्त्र हुन' भनिन्छ भने जनताको तन्त्र माग्ने नेपाली कांग्रेस
प्रजातन्त्र शब्दमा झुन्डिने किन? किन यसले लोकतन्त्र या जनतन्त्रलाई आधिकारिक शब्द नबनाउने? एउटा दाशले दाश मालिकको
सम्प्रभुता स्विकारेर दाशतन्त्र मान्छ भने ऊ स्वतन्त्र हुन्छ र? यस्तो दरो अडानले नेपाली
कांग्रेसलाई तुरुन्तै सत्तामा पुर्याउन नसक्ला तर यसले लामो समयसम्म नेपाली
कांग्रेसको राजनैतिक सिद्धान्तको राजनैतिक धरातल खडा गरिदिन्छ। भनिएला, राजको भूमिका कहाँ त? अवश्य भूमिका हुन्छ
राजाको तर पहिलो राजाले आफूलाई 'प्रजाको
राजा' भन्ने विर्सन सक्नु पर्यो र 'म जनताको सेवक'
भन्ने भावना उब्जनु पर्यो। तब मात्र लोकतन्त्रमा राजाको भूमिका किटान हुन्छ।
दोश्रो, १२ वर्षको शाशनकालमा नेपाली कांग्रेसले आफूलाई
जनताको पार्टी भन्ने कुरा बिर्सियो। उसको आर्थिक निति ठेट्ना अर्थविदहरूको पूजिवादी प्रयोग
भयो। सम्पन्न अमेरिकीहरूलाई त वेरोजगार भत्ता चाहिदो रहेछ भने गरिब नेपालीलाई
सरकारले दिन खोज्नु पर्ने सहयोग नेपाली कांग्रेसले आफूले कहिले पनि जुटाउन खोजेन।
No comments:
Post a Comment