निर्दोष
मृत्यु
(डेकेन्द्र थापाजस्तैहरूको सम्झनामा)
जुनकिरी
छरिए झैँ छरिएका आँखाहरू
नानी
मरेकी एक्ली आमा रोए झै 'हुक्कहुक्क' आवाज
हुँडार
हुल घेर्दैछन् शिकारलाई ।
प्रत्येक
हुँक्कहुँक्कमा आक्रमणको दुन्दुभी छ,
प्रत्येक
आँखाको झिम्कोमा मृत्युको निम्तो छ
र त्यो निरिह
पाठो
न
सामर्थ्य छ लड्न सक्ने
न बाटो छ
भाग्न सक्ने
केवल आमा
सम्झेर म्याँ गर्छ,
च्याँ
गर्छ ।
थाहा छ
उसलाई -
निचोरिने
छ घाँटी, चिथोरिने छ छाती
टुक्राटुक्रा
लुछिने छ मासु
तैपनि
आशामा छ ऊ -
कोही न
कोही त अघि सर्ला
कसै न
कसैले त रक्षा गर्ला ।
आयो सिंह
तर धेरै ढिलो आयो
सिङ र
भुत्ला साक्षी पायो;
गर्जदै
सोध्यो उसले - "किन मार्यौ यसलाई ?
निर्धो
पाठोले के पेट भरियो त सबैको ?"
हुक्कहुक्क
गर्दै नाइके आयो
छाती
फुलाई जवाफ लायो -
"पाठो
भयो त के भयो र ?
मासो त
मासु हो ।
सबैले
बाँडीचुँडी खायौँ
यही नै हाम्रो
समानता हो ।"
हुँडार,
सिंह लेनदेन भयो
सिंहले
पनि माफी दियो
बिर्से
दिए फेरि सबैले -
त्यहाँ
कुनै पाठो थियो ।
रामप्रसाद दाहाल
जोरपाटी -
१
काठमाडौ
२०६९ माघ
६
No comments:
Post a Comment