२४ असोजको कान्तिपुर दैनिकमा छापिएको छ यस दैनिकका स्थायी स्तम्भकार विमल निभाको लेख 'अफिमची' । लेखको शुरुले नै यो लेख व्यक्ति विशेषको बौलठ्ठी देखाउन खोजीएको छ बढो अपमानित तरिकाले । अवश्य नै यो लेख चिनिया सीमानामा एउटा सोझो किरातीलाई पटका पडकाउन लगाउदै भारतलाई तर्साउन खोज्ने बौलठ्ठी बारे भनिएको होइन किनकि हातमा बन्दुक बोक्नेको विरोधमा पनि लेख्न सक्ने वीराङ्गना उमा सिहको जत्रो आँट र मुटु लिएर 'हे परचन्दर' भन्ने शव्दले थालेका उनका लेख मैले पढे सम्म भेटेको छैन । फेरि विपक्षीले आफ्नै प्रधानमत्रीको घाँटी चेप्दा गर्धन बाँध्ने डोरी विपक्षीलाई दिने र वामजमात खन्याउने र आफ्नै घरमा भाँडभैलो मच्चाएर आफै नाङ्गिने र 'हराएको गाई ग्रहणमा दान' भने झै कहिले र कतै पनि नपाएको ३९१ मत 'सहमतिको निम्ति दान गरिदिएँ' भन्ने दानवीर सन्तको निम्ति पनि अवश्यै होइन । त्यसो हुदो हो त शुरु नै 'हे झलिन्दर' बाट हुने थियो । अब बाँकी रहे काग्रेसी रामचन्द्र मात्रै । बाराखरी छिचोलेका सबैले सजिलै बुझ्न सक्छन् कि 'हे रामचन्दर' भनेर उनैंलाई भनिएको हो किनकि उनी विमल निभाको आँगनमा वाइसिएल खटाउदैनन् र युथफोर्स पनि पठाउदैनन् । हो, रामचन्द्र एक्लै लडदैछन् विमल निभाको मठ पछाडिको बाँसझ्याँङमा होइन गणतन्त्र नेपालको सविधानसभा भवन भित्रको ससदमा । लेखकलाई मन नपर्नु अर्कै कुरा हो तर उनी एउटा सिद्धान्तको निम्ति लडदैछन् र उनले त्यो कुरा लेखेर नै दिएका छन् । त्यसमा चित्त नबुझे लेखकले त्यो बारे विरोध गर्न सक्छन् चाहिदैन हामीलाई ती उनका लोकतान्त्रिक मान्यता भन विपक्षीले भने झै तर हातमा कलम छ र पत्रिकाले छाप्छन् भन्दैमा राष्ट्रिय नेतृत्वहरूलाई बौलाहासँग दाजेर अपमान गर्न कहाँ मिल्छ ? र कान्तिपुरले पनि व्यक्तिको अपमान गरिएको लेख पर्चा छापे झै छाप्नु हुन्छ ? क्षमायाचना गर्नु पर्छ लेखक र प्रकाशक दुवैले ।
रामप्रसाद दाहाल
रामप्रसाद दाहाल
No comments:
Post a Comment