लोकतन्त्रको किन हँस्यौली
१५ फागुनका कान्तिपुर दैनिकका विमल निभा र शारदा शर्मामा लेख पढ्ने सौभाग्य मिल्यो। विषय छन् कमल थापाको जुलुस र वीर नेम्वाङ र विरेन्द्र भक्तका नरम बोली। दुवैको बोली राज्यको स्थिति बारे चिन्ता हो भन्ने मलाई लाग्छ। यही विषयमा बोल्दा म पहिले संभावित राज्य संरचनाका बारेमा टिप्पणी गर्न चाहन्छु। २०५८ सालको जनगणनानुसार २ करोड २८ लाख जनसंख्या भएको नेपालमा संम्विधानसभामा प्रस्तावित राज्य संरचनामा १ करोड ८० लाख जनसंख्या भएका ९ वटा जातिय अग्राधिकार सहितका राज्यहरू छन् र ४८ लाख जनसंख्या भएका ५ वटा समानाधिकार भएका राज्यहरू छन्। अग्राधिकार प्राप्त गर्ने जातीको जनसंख्या १ करोड ५ लाख भए पनि ती राज्य भित्र उनीहरूको उपस्थिति ५७ लाख अर्थात् ५४ प्रतिशत मात्रै छ। बाँकी ४८ लाख अरुका राज्यमा अग्राधिकार नपाई बस्नेछन्। यस अर्थमा जातिय आधारमा राज्य संरचना हुने नै हो भने यो देश भित्र जातिय राज्यमा बस्ने अग्राधिकारी मालिक नागरिकहरू ५७ लाख, गैर्हजातिय राज्यमा
बस्ने समानधिकारी नागरिकहरू ४८ लाख र अर्काको राज्यमा अग्राधिकारीले खटाएर दिएको अधिकार उपभोग गर्ने भतुवा नागरिकहरू १ करोड २३ लाख हुनेछन्। विमल निभाजी Û ;मानाधिकारको कुरा लोकतन्त्रमा सर्वमान्य भएकाले सबैलाई समान अधिकार दिनु खोज्नु जायज हो तर एक अर्को सँग घरदैलो गासेर बसेका नागरिकमध्ये वहुसंख्यकलाई अनागरिक बनाएर पाखा लगाए पछि दुलो भित्र लुकेर बसेका कमल थापाले ती अनागरिकको नाम भजाएर सिंहदरबार घेर्न जानु चम्मको कुरा हो्इन। त्यो जुलुसलाई नियालेर हेर्नु भएको भए ठूलो संख्या त्यस्तै अनागरिकहरूको थियो। भोलि तपाई जत्तिकै बुद्धिमान मानिस कमल थापाको झण्डा मनि आइपुगे पनि अचम्म नमान्नोस् किनकि राजतन्त्र फालेको वहुसंख्यकलाई अनागरिक बनाउन होइन, समान अधिकार प्राप्तिको निम्ति हो। लोकतन्त्र त व्यवहारको प्रयोग हो, लेख र भाषणको कथा होइन।
शारदा शर्मा जी Û ढाँटको निम्ता खाई पत्याऊँ भन्ने उखान तपाईले जानेकै कुरा हो। दोश्रो दर्जाको म बासिन्दा भए पछि हामी तपाईलाई दिइहाल्छौ नि भन्दैमा नपत्याउनोस्। जहाँ इतिहासमा किर्तिपुरेको नाक काटियो भनेको भरमा आज नाकको माग गरिन्छ, अथवा जहाँ शाह राजाले हाम्रो किपट खाए भनेर बस्ती उठाउन खोजिन्छ त्यहाँ बीर नेम्बाङ र विरेन्द्रभक्तले दिएर केही दिइदैन। अधिकारको कुरा त तपाई आफै बुझ्नु हुन्छ। समान अधिकार बिनाको लोकतन्त्र नामको लोकतन्त्र मात्रै हो र त्यो अधिकनायकवाद भन्दा पनि डर लाग्दो हुन्छ। हामी त्यतै जादैछौं।
रामप्रसाद दाहाल
काठमाडौ
जोरपाटी १ नारानटार
फोनः ४९१०००१
No comments:
Post a Comment