Wednesday, August 27, 2008

हाम्रा प्रधानमन्त्रीको विवेक


ओलम्पिक जात्रा कि गाईजात्रा ?

उहिले म सानो छदा आफै गरिखान छुट्टिएर पर बसेको छोरालाई एक दिन बाबु रिसाएर गाली गदैं थियो - "एक्लै गरेर खान्छु भनेर छुट्टएिको बजिया । हेर, यो बुहारीको कन्त बिजोग । घरमा स्वास्नी सुत्केरी छ भन्ने जाने पछि मीतले बोलाए भन्दैमा गाइजात्रामा जान हुन्छ ?"

त्यो छोरो हेर्न गएको हाम्रो सदरमुकामको गाइजात्रा पूर्वी नेपालकै सबै भन्दा भव्य गाइजात्रा गनिन्थ्यो र त्यहाँ ठूलै भिड लाग्थ्यो । सदरमुकामका सम्पन्न मीत बाट प्राप्त हुने भविष्यको आशाले छोरो जात्रामा गएको होला र आफ्नो निम्तोमा जात्रा मान्न आएको मीतलाई राम्रा कुरा देखाएर, भोज खुवाएर मनोरञ्जन गराउनु मीतको कर्तव्य पनि हो तर घरमा आफूमा आश्रति सुत्केरी छोडेर निम्तो मान्न जानु , बजार हेर्दै घुम्नु, भोज खाँदै हिडनु एउटा लोग्नेको अरु केही नभए पनि गैर्‍हजिम्मेवारीपन पक्कै हो । 'स्वास्नी घरमा सुत्केरी छ' भनेर निम्तोमा नगएको भए या गए पनि एउटा समारोहमा भाग लिने बित्तिकै फर्किएको भए पनि मीतले त्यसलाई स्वाभाविक रुपमा नै लिने थियो किनकि सुत्केरी स्वास्नी प्रतिको जिम्मेवारी बुझन नसक्ने मीत हुन सक्दैनथ्यो । बरु सुत्केरी स्वास्नी छोडेर आएकोमा मीतलाई अविवेकी ठान्न सक्थ्यो त्यो घटनाम। प्रस्ट नै देखिन्थ्यो लोग्नेको विवेकहिनता, सम्बेदनहिनता । स्वास्नीको जीवन र मृत्युलाई उसले जीवनमा चलिरहने अरु सामान्य घटना जस्तै ठानेको थियो । त्यस्तै, मट्टीतेल नपाएर सहरका गरिवहरू काचो चामल बुकाइरहेकाछन । ग्यास छैन मध्यम वर्गियको घरमा । अस्पतालमा सधैं तोडफोड हुन्छ, सडक सधैं वन्द हुन्छन । तेल नभएर गाडी चल्दैनन । हजारौं हजार मानिस कोशीको भेल सँग बाच्ने संर्घष्ा गरिरहेका छन । खुला आकाश मनि बाँच्न वाध्य छन । देशको एउटा भाग बाट अर्को भागमा जान बाटो छैन । सुदूर पश्चिमका पहाडी जिल्लामा भोकमरी छ, देशमा सरकार छैन, केवल अर्धसरकार छ । पूर्व मेची देखि पश्चिम महाकाली सम्म सरकारको उपस्थितिको आभाष छैन । देशमा यस्तो कहालीलाग्दो विपदा हुदां बाहिर भएको सरकार प्रमुख पनि देश सभाल्न आइपुग्नु पर्नेमा हाम्रा प्रधानमन्त्री देश छोडेर ओलम्पिक जात्रामा पुगे, भोजभतेरमा सरिक भए र चिनको महान पर्खाल हर्ेन पर्यटक झैं घुमफिर गरेर फुर्सद साथ बैककमा किनमेल पनि गरे । कति फरक छ त त्यो अविवेकी लोग्ने र हाम्रा प्रधानमन्त्रीमा ? कहाँ देखिन्छ उनको देशवासी प्रतिको सम्वेदनशिलता र विवेक ?
राम दाहाल
जोरपाटी - १, नारानटार
काठमाडौं

No comments: