आखिर छापाहरूमा सात दल र माओवादी बिच वार्ताको कुरा चल्ने समाचार देखा परे नै । वार्ता होला नहोला, भए के होला र कहाँ पुग्छ - त्यो पछिको विषय हो तर त्यो थालनी भन्दा अगाडि नै सात दलले केही विषयहरूमा प्रष्ट हुन आवश्यक छ । माओवादीले उठाएको गणतन्त्र या राजतन्त्रको कुरा थाल्नु भन्दा पहिले सबै दलहरूले लोकतन्त्र कि राजतन्त्र - यी दुई कुरा तय गर्नु पर्छ । लोकतन्त्र भनिदा राजा रिसाउलान भनेर दलहरूले जिब्रो चपाउन थाले भने राजनैतिक सिद्धान्तको आधारमा उनीहरूको दल सिद्धान्त नकिटिएको जमात बन्नेछ जो वास्तविकतामा दलविहिन प्रजातन्त्र जस्तै आर्थिक र सामाजिक मुद्दामा मात्रै आफ्ना कार्यक्रम प्रस्तुत गर्न सक्छ । अहिले सम्म संवैधानिक राजतन्त्रको प्रयोग राजतन्त्र भित्र प्रजाको अधिकार सीमित राखेर गरिएको हो । प्रजाका प्रतिनिधिहरूले राजालाई संविधान भित्र राखेका होइनन कि राजाले संविधान भित्र बसिदिने स्विकृति दिएका हुन । त्यसैले नै संविधानको केवल एउटा धारा १२७ मात्र सक्रिय राख्जे क्षमता संविधानले नै राजालाई दियो । अबको लेखाजोखामा त 'लोकतन्त्रमा राजाको ठाउँ कहाँ -' भनेर तय गरिने संविधानको आवश्यकता छ जसमा यो देशका बासिन्दा राजाका प्रजा या रैती नभएर र्सार्वभौम जनता हुनाले राजाको भूमिका देशको आवश्यकतानुसार जनताले तय गरिदिने छन ।
दोश्रो, माओवादी के चाहन्छन - वहुदलिय प्रतिस्पर्धात्मक शाशन कि एक दलिय शाशन - एक दलिय शाशनको पक्षमा जाने हो भने त्यो शाशन पनि राजतन्त्र जस्तै एउटा सामुहिक शाशन हुनेछ । फरक यति मात्र कि राजतन्त्रमा भारदार समूहको अनवरत शाशन हुन्छ, एक दलिय शाशनमा अरु दलका नेतृत्व पंक्तिलाई पनि हुलेर गरिन खोज्ने एक जमातको शाशन अथवा एक दलको स्विकृतिमा अरु दलले पनि उम्मेदवारी दिन पाउने व्यवस्था । त्यहाँ पनि आर्थिक र सामाजिक मुद्दामा मात्र कार्यक्रम प्रस्तुत हुन्छ , प्रतिस्पर्धात्मक राजनैतिक आस्थाका आधारमा होइन । त्यसैले माओवादीबाट हुने लोकतन्त्रको भ्रमात्मक व्याख्याबाट बच्न पनि लोकतान्त्रिक व्यवस्थाको व्याख्या सात दलले शुरुमा नै सामुहिक रूपमा गर्नु जरुरि छ ।
यी दुई सिद्धान्तले सात दलहरूलाई तुरुन्तै सत्तामा पुर्याउन नसके पनि गलत बाटोमा पुग्नबाट रोक्न सक्छन, नत्र सात दलको कार्यक्रमलाई र्सवसाधारणले 'राजालाई लगाइने घुर्की या माओवादीलाई फकाउने चाल' भनेर वेवास्ता गरिदिनेछन । दुई बन्दूकले प्रयोग गरिरहेको अधिनायकी अधिकारको स्वाद त्याग्न गाहारो हुनाले यी काम त्यति सजिला छैनन र त्यसको सफलताको लागि सात दलले दुई बन्दूक बिच एउटा लामो दूरि तय गर्नु पर्नेछ तर सात दलले अतितका गल्ती नदोहोर्याएर सस्ता सत्ताको लोभ छोडी संगठित रूपमा काम गर्ने हो भने त्यो पाउन असम्भव छैन ।
1 comment:
Nice peace of advice.
Post a Comment